National life

कतिदिनमा खान योग्य बन्छ कुखुरा: छनोट गर्दा तौल हेर्ने कि स्वस्थता ? यसो भन्छन् विज्ञ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ साउन २०८१, मङ्गलबार
484Shares
कतिदिनमा खान योग्य बन्छ कुखुरा: छनोट गर्दा तौल हेर्ने कि स्वस्थता ? यसो भन्छन् विज्ञ
ncell

काठमाडौँ । मासु एक प्रोटिनले भरिपूर्ण पौष्टिक आहार हो । मासुमा १४ देखि २१ प्रतिशतसम्म प्रोटिन पाइने स्वास्थ्य विशेषज्ञहरूको भनाई छ । त्यस्तै जिङ्क, भिटामिन बि र पोटासियमजस्ता शरीरलाई आवश्यक तत्त्व समेत मासुमा पाइन्छ ।

सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्य नै मानिन्छ ।

Royal Enfield
nic asia capital
स्वस्थ व्यक्तिले हप्ताको एकदेखि दुई छाक भोजनमा मासु समावेश गर्नु उपयुक्त मानिन्छ। स्वस्थ व्यक्तिले दिनभरमा १०० देखि १५० ग्रामसम्म मासु खान उपयुक्त हुने स्वास्थ्य विशेषज्ञहरूको भनाई छ ।

तर कस्तो मासु खाने ? मासुको छनोट कसरी गर्ने यो हाम्रो साझा समस्या हो । बिशेषगरी कुखुराको मासुको हकमा कति दिनसम्म हुर्किएको कुखुरा खान योग्य छ ? हामी धेरैलाई थाहा नभएको वा ध्यान पुग्न नसकेको विषय हो। यस विषयमा आर्थिक भ्वाईसले पोलट्री व्यवसायी तथा भेटेरिनरी दिलराज कार्कीलाई सोधेका छौ।

सामान्यतया कति समय भएको कुखुराको मासु खान योग्य भन्ने मूल प्रश्न हैन एक त हामी नेपालीको आदत हो कि हामीलाई ठुलो चाहिन्छ, धेरै चाहिन्छ वा हाम्रो दृष्टि ठुलोमा पर्न जान्छ त्यसकारण नेपाली बजारमा ठुला कुखुराको मासु बढी खरिदबिक्री हुने गरेको पाइन्छ । यो सामान्य नियम नै हो कि उपभोक्ताले जस्तो माग गर्दछ बिक्रेताले त्यस्तै उपलब्ध बनाउने हो ।

तर वास्तवमा ठुला कुखुरा स्वास्थ्यको लागी त्यति धेरै फाइदाजनक चाहिँ मानिँदैन । यसको मतलब यो होइन कि ठुला कुखुरा खानै नहुने भन्ने हैन तर साना वा ३५ दिन भन्दा बढी भएका कुखुरामा केही समस्या देखिने गर्दछ । पहिलो कुरा कुखुरामा भरपुर प्रोटिन पाइन्छ र यो भिटामिन र मिनरल्सको पनि महत्त्वपूर्ण स्रोत हो । यसमा एक निश्चित स्तरसम्म मोनो स्याचुरेटेड फ्याट हुन्छ, जुन मानिसको मुटु र  स्वास्थ्यका समेत राम्रो मानिन्छ तर हामीले ठिक मासु चयन गर्न सकेनौ भने कहिलेकाहीँ यसको विपरीत हुन पनि सक्दछ ।

जति साना कुखुरा काट्यो त्यति नै बढी होस्टेज आउँछ , अर्थात् कोल्ड स्टोर संचालकले समेत जति ठुलो कुखुुरा काट्यो त्यति नै बढी होस्टेज आउने भएको कारणपनी ठुलो कुखुरा रुचाएको पाइन्छ । त्यस्तो गर्दा मूल्य निर्धारणमा समेत नाफा पुग्न जाने भयो नै । र जति ठुलो काट्यो उति नै कम आउँछ पहिलो विषय र दोस्रो भनेको जति ठुलो कुखुरा भयो त्यति नै बढी फाइबर आउँछ । किनकि ठुला कुखुरामा बढी रेसा हुने गर्दछ त्यो रेसादार मासु खानुपनी स्वास्थ्यको लागी नकारात्मक मानिन्छ । त्यो सँगै एउटा विशेष ख्याल गर्नुपर्ने कुरा के हो भने कुनै औषधि मिसावट गरेर कम समयमा कुखुरा ठुलो बनाउने भन्ने हुदैन् यो सम्भावना छैन तर के चाहिँ हो भने ३० दिन कटेर पनि कुखुरा बजारमा गएन वा बिक्री भएन र घरमै राखेको समयमा कुनै रोगले आक्रमण गर्‍यो भने त्यसलाई रोगमुक्त बनाउन एन्टीवाईटिक प्रयोग गर्नुपर्ने हुन्छ ।

त्यो एन्टीवाईटिकको डोज वा रेसियोको मात्रा कुखुराको शरीरमा वा मासुमा कम्तीमा ह्वड्रलपिरियड पाँच सात दिन देखि दश, पन्ध्र दिनसम्म रहन्छ त्यो उल्लेखित समयभित्रै किसानले कुखुरा बेच्यो वा हामीले मासु प्रयोग गर्‍यौ भने मासुको माध्यमबाट त्यो एन्टीवाईटिक  हाम्रो शरीरमा रहदै गर्दा स साना विरामी हदाँको समयमा औषधिको दोजले काम नगर्ने हुन सक्छ । जसले हाम्रो शरीरको पाचन प्रक्रियामा समस्या ल्याउन सक्दछ । तर नेपालमा उचित मापदण्ड नहुँदा हिजो रातिसम्म एन्टीवाईटिक खाइरहेको कुखुरा आज बजारमा ल्याउने समेत गरिएको छ यसमा त सरकारकै ध्यान जान जरुरी छ भन्ने मलाई लाग्छ ।

सामान्यतया यहाँले माथि भनेझैँ उसो भए कति दिनसम्मको वा कति तौलको कुखुराको मासु खान सबैभन्दा उपयुक्त मान्ने त भन्ने जुन प्रश्न छ यसमा मैले दोहोर्‍याएर भन्छु कि दिनको हिसाबले हेर्ने हो भने ३५ दिन अगाडिका र तौलको हिसाबमा १६ सय देखि १८ सय ग्रामसम्म भएको कुखुरा स्वास्थ्यको लागी लाभ दायक मानिन्छ ।

नेपालमा मासुको कम मसालाको ज्यादा स्वाद खाने प्रचलन बढेको छ । त्यसले गर्दा कुखुराबाट पाइने वास्तविक स्वाद हामीले लिन सकिरहेका छैनौ त्यसको लागी दुसिनेसवाला छनोट गर्न जरुरी छ ।  क्याम्पिलोब्याक्टर ब्याक्टेरिया काँचो मासुमा हुर्किन सक्छ । कहिले काहीँ यसमा साल्मोनेला र क्लोस्ट्रिडियम परफ्रिजेन्स पनि बढ्न सक्छ । त्यसैले जब यस्तो मासु राम्रोसँग नपकाईकन खाइन्छ तब फुड पोइजनिङ हुन सक्छ । अन्य काँचो खानाबाट पनि कुखुरामा ब्याक्टेरिया बढ्न सक्छ ।

३० दिनपछिको हकमा कुखुराको बढाइमा एकाएक परिवर्तन आउँछ त्यसपछि कुखुरा दैनिक रूपमा २ सय देखि ३ सय ग्रामसम्म कुखुराको तौलमा वृद्धि हुन्छ । ३० दिनसम्म १६ सय ग्राम रहेको कुखुरा ४५ दिन पुग्दा ३ केजीसम्म बढेको स्थिति छ । कुखुराको जति हुर्किँदै जान्छ त्यति नै बढी दाना खान थाल्छ त्यो दाना जब अपच हुन्छ तब उसलाई फेरि रोगले आक्रमण गर्छ रोगमुक्त बनाउनलाई किसानले फेरि एन्टीवाईटिक प्रयोग गर्नुपर्ने अवस्था आउँछ त्यो एन्टीवाईटिक शरीरमा पच्न नपाउँदै कुखुरा बजारमा जान्छ र मासुको रूपमा फेरि हामीले नै प्रयोग गर्छौ जस कारण हाम्रो स्वास्थ्यमा फेरि अर्को समस्या बढ्न थाल्छ केहीले तत्काल परिणाम देखाउला केहीले बिस्तारै हाम्रो शरीरलाई असर पुर्याउदै गएको हुन्छ ।

समग्रमा यो समस्या निराकरण गर्नका लागि सरकारले किसानकै चेतनास्तर बढाउन विभिन्न कार्यक्रम गर्न आवश्यक छ । बजारमा कुखुरा ठुलो पार्न कुनै एन्टीवाईटिक प्रयोग गरिन्छ भन्ने उपभोक्तामा एउटा भाष्य निर्माण भएको छ यो चिर्नका लागि पनि सरकारले जनस्तरबाट सूचना प्रवाह गर्न आवश्यक छ भन्ने लाग्दछ ।

यो समाचार शेयर गर्नुहोस्
484SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?