काठमाडौँ । माघ मसान्तसम्ममा कर्जा नोक्सानी कोषमा वाणिज्य बैंकहरूले २ अर्ब ८० करोड राखेका छन्। गत पुस मसान्तसम्म वाणिज्य बैंकहरूले कर्जा नोक्सानी व्यवस्थापनका लागि २ खर्ब ४३ अर्ब २० करोड रुपैयाँ छुट्याएका थिए ।
माघ महिनामा मात्रै वाणिज्य बैंकहरूले कर्जा नोक्सानी व्यवस्थापन कोषमा २१ करोड रुपैयाँ रकम नोक्सानी व्यवस्थापनमा राखेका हुन्। बैंकहरुले यो रकम माघ मसान्तसम्म घटाएर २ खर्ब ४२ अर्ब ९८ करोड रुपैयाँ मात्रै छुट्टाएका छन्।
बैंक तथा वित्तीय संस्थाहरूले कर्जा नोक्सानी व्यवस्थापन कोषमा राख्ने रकम बढाएका छन्।यद्यपि खराब कर्जामा भने नियन्त्रण हुन सकेको छैन । माघ महिनामा मात्रै बैंक तथा वित्तीय संस्थाले १८ करोड बढी रकम कर्जा नोक्सानी व्यवस्थापन कोषमा राखेको तथ्यांकमा उल्लेख छ ।
पुस महिनासम्म खराब कर्जा नोक्सानी व्यवस्थापन कोषमा कुल २ खर्ब ७९ अर्ब ९७ करोड रुपैयाँ रहेकोमा माघ महिनासम्म आउदा उक्त कोषमा कुल २ खर्ब ८० अर्ब १५ करोड रुपैयाँ राखेका छन्। माघ मसान्तसम्म वाणिज्य बैंकहरूको कर्जा नोक्सानी व्यवस्थापन कोषमा सबैभन्दा धेरै कुमारी बैंकको छ। यो बैंकले ७ अर्ब १९ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्थापनमा छुट्याएको छ। बैंकको खराबकर्जा ६.९६ प्रतिशत पुगेको छ ।
त्यस्तै दोस्रोमा स्थानमा रहेको एनआईएमबी बैंकले माघ मसान्तसम्म ६ अर्ब ६ करोड रुपैयाँ रकम छुट्याएको छ। बैंकको खराब कर्जा ५.८६ प्रतिशत कायम रहेका छ । त्यस्तै, लक्ष्मी सनराइजले ३ अर्ब ६२ करोड कर्जा नोक्सानी व्यवस्थापन गर्दा ४.६१ प्रतिशत खराब कर्जा रहेको एनआईसी एसिया बैंकले ३ अर्ब ४९ करोड रुपैयाँ, खराब कर्जा ४.९६ प्रतिशत रहेको राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ३२ करोड र एनएमबी बैंकले ३ अर्ब १५ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्थापन गरेको छ।
त्यस्तै, नबिल बैंकले २ अर्ब १२ करोड रुपैयाँ कोषमा राख्दा सिद्धार्थ बैंकले २ अर्ब २७ करोड, प्रभु बैंकले २ अर्ब ६२ करोड, कृषि विकास बैंकले २ अर्ब ४५ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्थापनका लागि जम्मा गरेको छ।
यता, सिटिजन्स बैंकले १ अर्ब ९५ करोड, ग्लोबल आईएमई बैंकले १ अर्ब ९५ करोड, सानिमा बैंकले १ अर्ब ६२ करोड, नेपाल एसबीआई बैंकले १ अर्ब ८ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्थापनका लागि राखेका छन्।
नेपाल बैंकले ५६ करोड रुपैयाँ कोषमा राख्दा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ११ करोड, एभरेष्ट बैंकले ३४ करोड, माछापुच्छ्रे बैंकले ६५ करोड र प्राइम बैंकले ९८ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्थापन कोषमा राखेका छन्। उल्लेखित बैंकहरुको खराब कर्जा नियन्त्रणमा सुधार देखिएको छ । ५ बैंकले करोडमा कर्जा नोक्सानी व्यवस्थापन गरेको तथ्यांकमा उल्लेख छ ।






























