National life

असोजमा वाणिज्य बैंकहरूको ब्याजदरमा फेरबदल, हेर्नुहोस् कुनको कति ?

बैंकहरूले सार्वजनिक गरे असोजको ब्याजदर, तपाईंको बैंकमा कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ दिन अगाडि|३१ भदौ २०८३, बुधबार
925Shares
असोजमा वाणिज्य बैंकहरूको ब्याजदरमा फेरबदल, हेर्नुहोस् कुनको कति ?
ncell

काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । असोज १ गतेदेखि लागू हुने गरी चार वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।

बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर असोज महिनामा ०.०४ प्रतिशत बिन्दुले घटेर ४.०९ प्रतिशतमा झरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
भदौ महिनामा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ४.१३ प्रतिशत रहेको थियो ।

त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि घटेको छ । असोजका लागि संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर ०.०१ प्रतिशत बिन्दुले घटेर ३.०७ प्रतिशतमा कायम भएको छ । भदौमा यस्तो ब्याजदर ३.०८ प्रतिशत थियो ।

असोज महिनाका लागि चार वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकमा एभरेस्ट बैंक, कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र नबिल बैंक रहेका छन् ।

बाँकी १६ वाणिज्य बैंकले भने असोज महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर यथावत् राखेका छन् । नेपाल बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक, प्राइम बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, हिमालयन बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) र एनआईसी एसिया बैंकले ब्याजदर परिवर्तन नगरेका हुन् ।

बैंकहरूले निक्षेपको ब्याजदर घटाएसँगै व्यक्तिगत तथा संस्थागत दुवै मुद्दती निक्षेपमा उपलब्ध हुने औसत प्रतिफलमा सामान्य कमी आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
925SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?