National life

मुद्दती निक्षेपमा घट्दो ब्याज, कुन बैंकले कति घटायो ?

साउनमा निक्षेप झन् सस्तो, बैंकहरूबीच दर प्रतिस्पर्धा घट्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|३२ असार २०८३, बिहिबार
1.1kShares
मुद्दती निक्षेपमा घट्दो ब्याज, कुन बैंकले कति घटायो ?
ncell

काठमाडौं । साउन महिनादेखि लागू हुनेगरी वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्, जसले निक्षेपकर्ताले पाउने प्रतिफल थप कम हुने भएको छ।

नयाँ समायोजनपछि व्यक्तिगत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर ०.०९ प्रतिशत बिन्दुले घट्दै ४.१७ प्रतिशतमा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअघि असार महिनामा यस्तो दर ४.२६ प्रतिशत कायम थियो।

यसैगरी, संस्थागत मुद्दती निक्षेपमा पनि ब्याजदर घटाइएको छ। उक्त समूहको औसत दर ०.०६ प्रतिशत बिन्दुले घटेर ३.१२ प्रतिशतमा झरेको छ, जुन असारमा ३.१८ प्रतिशत थियो।

बैंकहरूको निर्णय अनुसार असार महिनामा ६ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने १४ बैंकले पुरानै दर कायम राखेका छन्। दर घटाउने बैंकमा कुमारी, ग्लोबल आइएमई, सिटिजन्स, एनएमबि, स्ट्याण्डर्ड चार्टर्ड र राष्ट्रिय वाणिज्य बैंक रहेका छन्।

त्यसैगरी कृषि विकास, एभरेष्ट, नेपाल, नेपाल एसबिआई, लक्ष्मी सनराइज, प्राइम, प्रभु, माछापुच्छ्रे, हिमालयन, सिद्धार्थ, नबिल, सानिमा, नेपाल इन्भेष्टमेन्ट मेगा र एनआईसी एशिया बैंकले भने ब्याजदर यथावत् राखेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?