National life

वाणिज्य बैंकहरूले घटाए मुद्दती निक्षेपको ब्याजदर,कुन बैंकको ब्याज कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|३१ साउन २०८३, आइतबार
2.2kShares
वाणिज्य बैंकहरूले घटाए मुद्दती निक्षेपको ब्याजदर,कुन बैंकको ब्याज कति ?
ncell

काठमाडौं : वाणिज्य बैंकहरूले भदौ महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । भदौ १ गतेदेखि लागू हुने गरी ५ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।

यससँगै वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती निक्षेप ब्याजदर भदौ महिनाका लागि ०.०४ प्रतिशत बिन्दुले घटेर ४.१३ प्रतिशतमा झरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साउन महिनामा यो दर ४.१७ प्रतिशत रहेको थियो । त्यस्तै, संस्थागत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर पनि ०.०४ प्रतिशत बिन्दुले घटेर ३.०८ प्रतिशत कायम भएको छ, जुन साउनमा ३.१२ प्रतिशत थियो ।

कुन बैंकले घटाए, कसले राखे यथावत्?

भदौ महिनाका लागि ५ वटा बैंकले ब्याजदर घटाएका छन् भने १५ वटा बैंकले भने आफ्नो ब्याजदर यथावत् राखेका छन् ।

  • ब्याजदर घटाउने बैंकहरू : नेपाल बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र सिद्धार्थ बैंक ।

  • ब्याजदर यथावत् राख्ने बैंकहरू : कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) र एनआईसी एशिया बैंक ।

  • यो समाचार शेयर गर्नुहोस्
    2.2kSHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?