National life

असार महिनामा ११ बैंकको ब्याजदर घट्यो, धेरै ब्याजदर दिनेमा हिमालयन बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३२ जेठ २०८१, शुक्रबार
943Shares
असार महिनामा ११ बैंकको ब्याजदर घट्यो, धेरै ब्याजदर दिनेमा हिमालयन बैंक
ncell

काठमाडौँ । असार महिनाको लागि अधिकांश वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । व्यक्तिगत तर्फ मुद्दती निक्षेपको ब्याजदर असार महिनाका लागि ६.८६ प्रतिशत कायम भएको छ ।

जेठ महिनामा औसत ब्याजदर ७ प्रतिशत रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
औसतमा हेर्दा बैंकहरुको ब्याजदर ०.१४ विन्दुले घटको छ । हालसम्म असारका लागि ब्याजदर सार्वजनिक गर्ने १९ बैंक मध्ये ११ बैंकको ब्याजदर घटेको छ ।

त्यस्तै ५ बैंकले भने जेष्ठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ३ बैंकले ब्याजदर बढाएका छन् । जेठ महिनाको तुलनामा असारमा ब्याजदर बढाउने बैंकमा हिमालयन, माछापुच्छ्रे र नबिल बैंक रहेका छन् । यता, प्रभु, स्टान्डर्ड चार्टर्ड, सिद्धार्थ र नेपाल बैंकले भने जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

असार महिनाको लागि व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर हिमालयन बैंकले दिने भएको छ। यस बैंकले व्यक्तिगत मुद्दतीमा ८.२५ प्रतिशतसम्म  ब्याज दिने भएको छ । यता, कृषि विकास बैंकले भने सबैभन्दा कम ५.६६ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

नीतिगत अवरोधका कारण कर्जा प्रवाह हुन नसकेको बैंकहरुले आरोप लाउँदै आएका छन् । पछिल्ला महिनाहरूमा बैंकहरुले लगातार जसो ब्याजदर घटाइरहेका छन् । अधिक तरलताको अवस्था कायम छ । ब्याजदर घटाउँदै जाँदा अब बेस रेट पनि घट्दै जानेछ । यसले कर्जाको ब्याजदर पनि थप घट्नेछ ब्याजदर घटेसँगै लगानी बढ्नेमा अपेक्षा राखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
943SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?