National life
cg eloctronics

बैंकिङ क्षेत्रको अर्को चुनौतीः बढ्दो खराब कर्जा, कुन बैंक कति प्रभावित?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२६ दिन अगाडि|१५ कात्तिक २०८३, आइतबार
2.2kShares
बैंकिङ क्षेत्रको अर्को चुनौतीः बढ्दो खराब कर्जा, कुन बैंक कति प्रभावित?
muktinatha bikash bank

काठमाडौं । नेपाली वाणिज्य बैंकहरूको खराब कर्जा (एनपीएल) चुनौती बन्दै गएको छ। वाणिज्य बैंकहरुको खराब कर्जाले दबाब थपिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म २० वाणिज्य बैंकको औसत खराब कर्जा ५.६४ प्रतिशत पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकहरूको औसत खराब कर्जा ४.८६ प्रतिशत थियो। यसरी एक वर्षको अवधिमा औसत खराब कर्जा ०.७८ प्रतिशत बिन्दुले बढेको देखिन्छ।

everest bank

बैंकहरूले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रभु बैंकको खराब कर्जा सबैभन्दा बढी १४.८० प्रतिशत पुगेको छ। गत वर्षको सोही अवधिमा ५.७८ प्रतिशत रहेको बैंकको खराब कर्जा एक वर्षमै ९.०२ प्रतिशत बिन्दुले बढेको हो।

खराब कर्जाका आधारमा एनआईसी एसिया बैंक दोस्रो स्थानमा छ। बैंकको खराब कर्जा ६.९९ प्रतिशतबाट बढेर ९.८१ प्रतिशत पुगेको छ। त्यस्तै, नबिल इन्भेस्टमेन्ट बैंकको खराब कर्जा ६.६३ प्रतिशतबाट बढेर ८.८७ प्रतिशत कायम भएको छ।

कुमारी बैंकको खराब कर्जा ६.९८ प्रतिशतबाट बढेर ८.७२ प्रतिशत पुगेको छ भने हिमालयन बैंकको ७.३९ प्रतिशतबाट बढेर ७.९८ प्रतिशत पुगेको छ। प्राइम बैंकको खराब कर्जा पनि ५.८६ प्रतिशतबाट बढेर ७.१५ प्रतिशत कायम भएको छ।

अन्य बैंकमध्ये लक्ष्मी सनराइज बैंकको खराब कर्जा ५.४२ प्रतिशतबाट बढेर ५.५८ प्रतिशत पुगेको छ। एनएमबी बैंकको ४.५८ प्रतिशतबाट बढेर ४.९२ प्रतिशत र कृषि विकास बैंकको ४.७८ प्रतिशतबाट सामान्य वृद्धि भई ४.७९ प्रतिशत पुगेको छ।

राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ३.८३ प्रतिशतबाट बढेर ३.८९ प्रतिशत पुगेको छ। नेपाल एसबीआई बैंकको पनि ३.०१ प्रतिशतबाट बढेर ३.१९ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकको १.७१ प्रतिशतबाट बढेर १.८३ प्रतिशत कायम भएको छ।

केही बैंकले भने खराब कर्जा घटाउन सफल भएका छन्। सिटिजन्स बैंकको खराब कर्जा ६.८४ प्रतिशतबाट घटेर ६.८० प्रतिशतमा आएको छ। ग्लोबल आइएमई बैंकको ४.९८ प्रतिशतबाट घटेर ४.७९ प्रतिशत र नेपाल बैंकको ५.४९ प्रतिशतबाट घटेर ४.६१ प्रतिशत कायम भएको छ।

त्यस्तै, नबिल बैंकको खराब कर्जा ४.३१ प्रतिशतबाट घटेर ४.०६ प्रतिशत, माछापुच्छ्रे बैंकको ४.१३ प्रतिशतबाट घटेर ३.९७ प्रतिशत र सिद्धार्थ बैंकको ३.८० प्रतिशतबाट घटेर ३.७० प्रतिशतमा झरेको छ।

सानिमा बैंकले पनि खराब कर्जा घटाएको छ। बैंकको यस्तो कर्जा ३.९१ प्रतिशतबाट घटेर २.८६ प्रतिशतमा सीमित भएको छ।

समीक्षा अवधिमा सबैभन्दा कम खराब कर्जा एभरेस्ट बैंकको रहेको छ। बैंकको खराब कर्जा गत वर्षको ०.७४ प्रतिशतबाट घटेर ०.५० प्रतिशतमा झरेको छ।

यसले समग्र बैंकिङ क्षेत्रमा खराब कर्जाको दबाब बढिरहेको देखाउँछ। यद्यपि, बैंकअनुसार खराब कर्जाको अवस्था फरक–फरक रहेको वित्तीय विवरणले देखाएका छन्।

यो समाचार शेयर गर्नुहोस्
2.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?