National life

खराब कर्जा बढ्दा बैंकमा गैरबैंकिङ सम्पत्ति २५% ले उकालो, कुन बैंकको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१३ फागुन २०८२, बुधबार
1.5kShares
खराब कर्जा बढ्दा बैंकमा गैरबैंकिङ सम्पत्ति २५% ले उकालो, कुन बैंकको कति ?
ncell

काठमाडौँ । खराब कर्जा असुली प्रक्रिया सुस्त हुनु र नयाँ कर्जा प्रवाह कमजोर रहनुले वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुससम्म १९ वाणिज्य बैंकमा कुल ४३ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ।

यो रकम अघिल्लो वर्षको सोही अवधिमा रहेको ३४ अर्ब ८६ करोड ५६ लाख रुपैयाँको तुलनामा २४.९८ प्रतिशत बढी हो।समीक्षा अवधिमा १५ वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति बढेको छ भने ४ बैंकले घटाउन सफल भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति हिमालयन बैंकमा देखिएको छ, बैंकको यस्तो सम्पत्ति ६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। त्यसपछि ग्लोबल आइएमई बैंकको ५ अर्ब ९९ करोड रुपैयाँ र प्राइम कमर्सियल बैंकको ४ अर्ब ४१ करोड रुपैयाँ बराबर गैरबैंकिङ सम्पत्ति रहेको छ।

सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति भने नेपाल बैंकमा रहेको छ, उक्त बैंकको यस्तो सम्पत्ति २६ करोड ४२ लाख रुपैयाँ मात्र छ। समीक्षा अवधिमा गैरबैंकिङ सम्पत्तिमा सबैभन्दा ठूलो वृद्धि प्राइम कमर्सियल बैंक र नेपाल एसबीआई बैंकमा देखिएको छ। आर्थिक गतिविधि सुस्त रहनु, घरजग्गा कारोबारमा गिरावट आउनु तथा कर्जा पुनर्संरचना प्रक्रिया लम्बिनुले गैरबैंकिङ सम्पत्ति बढ्न पुगेको जानकारहरुको भनाई छ । यदि असुली प्रक्रिया तीव्र बनाउन सकिएन भने बैंकहरूको नाफा र तरलतामा दीर्घकालीन प्रभाव पर्न सक्ने देखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?