National life

अर्थतन्त्र सुधार्न बैंकिङ क्षेत्रसँग सहकार्य अपरिहार्य : डा. अर्थमन्त्री वाग्ले

आर्थिक रूपान्तरणका लागि बैंकिङ क्षेत्रलाई नेतृत्वदायी साझेदार बन्न आह्वान

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१९ साउन २०८३, मङ्गलबार
1.8kShares
अर्थतन्त्र सुधार्न बैंकिङ क्षेत्रसँग सहकार्य अपरिहार्य : डा. अर्थमन्त्री वाग्ले
ncell

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रलाई पुनः गतिशील बनाउन बैंकिङ क्षेत्रसँगको सहकार्यलाई अझ सुदृढ बनाउने बताएका छन्। मंगलबार सिंहदरबारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँगको छलफललाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

अर्थमन्त्री वाग्लेले उक्त बैठकलाई सामान्य औपचारिक छलफल नभई अर्थतन्त्र पुनर्जीवित गर्ने साझा अभियानको महत्वपूर्ण चरणका रूपमा व्याख्या गरे।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
निजी क्षेत्रका उद्योगी–व्यवसायीसँग निरन्तर संवादपछि वित्तीय प्रणालीको नेतृत्व गरिरहेका बैंकिङ क्षेत्रसँग प्रत्यक्ष छलफल गरिएको उनले बताए।

उनका अनुसार बैंकिङ प्रणाली नै उत्पादन, लगानी, बचत र वित्तीय विश्वासको केन्द्र भएकाले अर्थतन्त्रको वास्तविक अवस्था, बजारको मनोविज्ञान र लगानीकर्ताको धारणा बुझ्न बैंकहरू महत्वपूर्ण माध्यम हुन्। “बैंकहरूमा बचतकर्ता, उद्यमी, किसान, उद्योगी र नयाँ व्यवसाय सुरु गर्न चाहने युवासमेत आउने भएकाले अर्थतन्त्रको वास्तविक तस्वीर यहाँबाट प्रष्ट देखिन्छ,” उनले भने।

अर्थमन्त्रीले बजेटमार्फत आर्थिक रूपान्तरणका लागि स्पष्ट दिशा तय गरिसकेको उल्लेख गर्दै अब सरकारको प्राथमिकता प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुने बताए। यस क्रममा उनले बैंकिङ क्षेत्रको अनुभव, सुझाव र सहकार्यलाई अत्यन्तै महत्वपूर्ण मानेका छन्।

उनले वर्तमान अर्थतन्त्रमा देखिएका चुनौतीहरूबारे खुला रूपमा छलफल गर्न आह्वान गर्दै केही गम्भीर प्रश्नहरू उठाए। “व्यवसायीहरू किन लगानी विस्तार गर्न हिच्किचाइरहेका छन्? ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा पनि कर्जाको माग किन बढ्न सकेको छैन? बैंकिङ प्रणालीमा रहेको अधिक तरलता उत्पादन र लगानीमा किन रूपान्तरण हुन सकेको छैन?” उनले प्रश्न गरे।

यी समस्याहरूको समाधान मौद्रिक नीति, वित्तीय नीति वा निजी क्षेत्रको आत्मविश्वाससँग सम्बन्धित छ भन्नेबारे स्पष्ट धारणा दिन उनले बैंकरहरूलाई आग्रह गरे। साथै उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन आवश्यक संरचनागत सुधार, नियमन तथा सुपरिवेक्षणमा अपनाउनुपर्ने नयाँ दृष्टिकोणबारे पनि सुझाव मागेका छन्।

अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वय अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले संस्थागत सहकार्यलाई थप मजबुत बनाउने संकेत गरे।

छलफल केवल समस्या पहिचानमा सीमित नरहने स्पष्ट पार्दै अर्थमन्त्री वाग्लेले समाधान, समयसीमा र जिम्मेवारीसहित कार्यान्वयनतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। “जहाँ कानुनी सुधार आवश्यक छ, त्यहाँ सुधार गर्छौँ। जहाँ प्रक्रियागत समस्या छ, त्यहाँ परिवर्तन गर्छौँ। आवश्यक निर्णय लिन सरकार पछि हट्ने छैन,” उनले भने।

उनले अर्थतन्त्रलाई प्रतिक्रियात्मक नभई आत्मविश्वासयुक्त, निर्णयक्षम र भविष्यप्रति आशावादी बनाउने लक्ष्य सरकारको रहेको उल्लेख गरे। बैंकिङ क्षेत्रलाई आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदारका रूपमा अघि बढ्न आग्रह गर्दै उनले यसलाई नियमित संवादभन्दा पनि कार्यान्वयनमुखी सहकार्यको थालनीका रूपमा लिन आग्रह गरे।

अन्त्यमा उनले सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध केवल नियामक र नियन्त्रित निकायको नभई साझा राष्ट्रिय जिम्मेवारी भएको बताए। आर्थिक वृद्धि, लगानी विस्तार, रोजगारी सिर्जना र वित्तीय स्थायित्वलाई साझा उद्देश्यका रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?