काठमाडौँ । बैंकिङ क्षेत्रमा कर्मचारी खर्च निरन्तर बढ्दो क्रममा देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा मात्रै वाणिज्य बैंकहरूले तलब–भत्तामा ५५ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन्, जसले सञ्चालन लागतमा दबाब बढिरहेको संकेत गर्छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २० वाणिज्य बैंकले जेठसम्म कुल ५५ अर्ब १३ करोड रुपैयाँ खर्च गरेका हुन्। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.७६ प्रतिशतले बढी हो।
तथ्यांकअनुसार १५ बैंकले कर्मचारी खर्च बढाएका छन् भने ५ बैंकले घटाएका छन्। कुल खर्चका आधारमा राष्ट्रिय वाणिज्य बैंक अग्रस्थानमा छ भने वृद्धि दरमा सिटिजन्स बैंक अगाडि देखिएको छ।
सबैभन्दा कम खर्च गर्ने बैंकका रूपमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ। उक्त बैंकले समीक्षा अवधिमा करिब ९६ करोड रुपैयाँ खर्च गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा झिनो कमी हो।



































