National life

काठमाडौँ उपत्यकामा दिउँसोको मौसम कस्तो रहला ? यस्तो छ मौसम पूर्वानुमान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ भदौ २०८१, आइतबार
728Shares
काठमाडौँ उपत्यकामा दिउँसोको मौसम कस्तो रहला ? यस्तो छ मौसम पूर्वानुमान
ncell

काठमाडौँ । भदौ ९ गते आइतबारका बिहान मौसम देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास नै छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पूर्वतिर भने सरदर स्थानको केही उत्तर दिशा ९नेपाल० तर्फ अवस्थित छ।

आइतबार दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
728SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?