National life

काठमाडौंमा वर्षा हुने क्रम जारी, कहिले रोकिएला ? यसो भन्छन् मौसमविद्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१७ असोज २०८०, बुधबार
1.4kShares
काठमाडौंमा वर्षा हुने क्रम जारी, कहिले रोकिएला ? यसो भन्छन् मौसमविद्
ncell

काठमाडौं । काठमाडौं उपत्यकामा वर्षा हुने क्रम जारी छ। मंगलबार दिउँसोदेखि उपत्यकामा वर्षा हुने क्रम जारी रहेकाे हाे।

आज बुधबारसम्म पनि उपत्यकाका विभिन्न स्थानमा पानी परिरहेको छ।

काठमाडौँ उपत्यकामा हिजो (मंगलबार) दिउँसो २ बजेदेखि पानी पर्न थालेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताइन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले भनिन्, ‘बीचबीचमा केही बेर रोकिने र फेरि पानी पर्ने क्रम अहिलेसम्म जारी छ, यो क्रम आज दिनभर जारी रहने देखिन्छ।’

उनका अनुसार आज बिहान सवा ५ बजेदेखि उपत्यकामा लगातार वर्षा भइरहेको छ। ‘बीचबीचमा केही बेर रोकिए पनि आज दिनभर मौसम यस्तै रहने देखिएको छ, आज रातभर पनि पानी पर्ने क्रम जारी रहने अनुमान छ, तर गएराति जत्तिको वर्षाचाहिँ हुने देखिन्न,’ उनले भनिन् ।

उनका अनुसार भोलि बिहीबारबाट मात्र काठमाडौँ उपत्यकाको मौसम सुधार हुने सम्भावना छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?