National life

काठमाडौं र तराईमा वायु प्रदूषण घटाउन विश्व बैंकको ७ अर्ब बढी सहयोग

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२७ फागुन २०८२, बुधबार
1.3kShares
काठमाडौं र तराईमा वायु प्रदूषण घटाउन विश्व बैंकको ७ अर्ब बढी सहयोग
ncell

काठमाडौं । वायु प्रदूषण नियन्त्रण गर्दै वायु गुणस्तर सुधार गर्ने उद्देश्यसहित विश्व बैंकले नेपाललाई ७ अर्ब ७ करोड २० लाख रुपैयाँ बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ।

वाशिङ्टन डीसीस्थित विश्व बैंकको प्रधान कार्यालयले एक विज्ञप्ति जारी गर्दै यो रकम ‘नेपाल क्लिन एयर एन्ड प्रोसपेरिटी प्रोजेक्ट’ सञ्चालनका लागि अनुमोदन गरिएको जनाएको छ । परियोजना विशेषगरी काठमाडौं उपत्यका र तराईका उच्च जोखिम क्षेत्रहरूमा वायु प्रदूषण घटाउने र वायु गुणस्तर सुधार्ने कार्यमा केन्द्रित हुनेछ।

परियोजनाअन्तर्गत करिब ४०० औद्योगिक तथा व्यावसायिक उद्यमलाई धुँवारहित प्रविधिमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उद्योगहरूमा आधुनिक र वातावरणमैत्री प्रविधि प्रयोग गराएर उत्पादन प्रक्रियालाई स्वच्छ बनाउने र प्रदूषण कम गर्ने योजना रहेको विश्व बैंकले जनाएको छ।

विश्व बैंकका अनुसार, परियोजनाले औद्योगिक क्षेत्रबाट निस्कने धुँवा र हानिकारक कण घटाउने, स्वच्छ ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्ने, तथा वातावरणीय मापदण्ड कार्यान्वयनलाई प्रभावकारी बनाउने काममा सहयोग पुर्‍याउनेछ। परियोजनाको कार्यान्वयन नेपाल सरकारका विभिन्न निकायमार्फत हुने छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभाग मुख्य जिम्मेवार रहनेछ भने वन तथा वातावरण मन्त्रालय र पर्यावरण विभागले समन्वय गर्नेछन्।

विश्व बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा परियोजनाले शहरी र औद्योगिक क्षेत्रमा वायु प्रदूषण घटाउन, वातावरणीय व्यवस्थापन सुदृढ गर्न र जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्न महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको उल्लेख गरिएको छ। नेपालमा पछिल्ला वर्षहरूमा विशेषगरी काठमाडौं उपत्यकामा वायु प्रदूषण गम्भीर समस्या बनेको छ।

सवारीसाधनको वृद्धि, औद्योगिक गतिविधि, निर्माण कार्य र वनडढेलो जस्ता कारणले वायु गुणस्तर प्रभावित हुँदै आएको अवस्थामा यस परियोजनाले प्रदूषण नियन्त्रणमा महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?