National life

कामना सेवा विकास बैंकद्वारा देवघाटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०२ माघ २०८२, शुक्रबार
965Shares
कामना सेवा विकास बैंकद्वारा देवघाटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
ncell

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले माघे संक्रान्तीको पावन अवसरमा धार्मिक तीर्थस्थल देवघाट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

उक्त स्वास्थ्य शिविरमा स्तन क्यान्सरको सचेतना, रक्तचाप जाँच र मधुमेह परीक्षण गरिएको थियो । भरतपुर अस्पताल र बी.पी.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न उक्त स्वास्थ्य शिविरमा कुल ३०० भन्दा बढीले स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

कार्यक्रमको मुख्य उद्घेश्य समुदायमा रहेका व्यक्तिहरुलाई प्रारम्भिक चरणमै स्वास्थ्य समस्या पहिचान गर्न सहयोग पुर्याउन, स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्घि गर्नु तथा स्वास्थ्य समस्याको रोकथाम गर्नु  रहेको थियो ।

सहभागीहरुलाई स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक सुझावहरु बी. पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. अनिल बाबु रेग्मी, भरतपुर अस्पतालका डा. इन्द्र पण्डित र डा. सुशान्त लामिछानेले प्रदान गर्नुभएको थियो ।

नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द्र भण्डारीले यस्ता स्वास्थ्य शिविरहरुले समुदायको स्वास्थ्य स्तर सुधार गर्न र स्वास्थ्य सचेतना फैलाउन महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम निरन्तर रुपमा सञ्चालन गरिने बताउनुभयो ।

कार्यक्रमप्रति स्थानीय समुदायले सकरात्मक प्रतिक्रिया जनाउँदै बैंक तथा स्वास्थ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
965SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?