काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गतका सेयर बिक्रीका लागि खुला गरेको छ। केही संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले उक्त सेयर बजारमा ल्याएको हो।
बैंकले कुल ८ हजार ७८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यस सेयरमा रुचि राख्ने हालका संस्थापक सेयरधनीले ३५ दिनभित्र कुमारी क्यापिटल लिमिटेडको प्रधान कार्यालय, टंगालमा आवेदन दिन सक्नेछन्।
निर्धारित समयसीमाभित्र कुनै पनि आवेदन नआएमा प्रचलित कानुनअनुसार उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले स्पष्ट पारेको छ।
































