काठमाडौं । बलात्कार आरोपमा जेल सजाय टोकिएसँगै सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ ।
क्यानले एक विज्ञप्ति सार्वजनिक गर्दै लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको जनाएको छ ।
काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै बुधबार ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले यस्तो निर्णग गरेको हो ।

































