National life

खाद्यका पसल खुल्ने समय बढाइयो, अब बिहान ७ देखि राति ८ बजेसम्म खुला हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ भदौ २०८२, मङ्गलबार
1KShares
खाद्यका पसल खुल्ने समय बढाइयो, अब बिहान ७ देखि राति ८ बजेसम्म खुला हुने
ncell

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गर्दै आएका वाग्मती प्रादेशिक कार्यालय र रामशाहपथस्थित पसलहरू दुई ‘सिफ्ट’मा खुला गरिएको छ।

यी पसल यसअघि कार्यालय समय अर्थात् बिहान १० देखि बेलुका ६ बजेसम्म मात्र खुला गरिँदै आएको थियो । पसल अब दैनिक १३ घण्टा खुला गरिएको हो।

साथै, खाद्यका सबै पसलमा दुई सिफ्ट लागु गरिएको होइन ।

Royal Enfield
nic asia capital
बढी चहलपहल हुने रामशाहपथ र थापाथलीमा मात्र दुई सिफ्टमा पसल खुला गरिएको कम्पनीले जनाएको छ। खाद्यको छैटौँ वार्षिकोत्सव (साउन २८) देखि नै दुई सिफ्ट लागु गरिएको कम्पनीले जनाएको छ ।

उपभोक्ताको समयानुकूल हुने गरी बढीभन्दा बढी सेवा प्रदान गर्ने उद्देश्यका साथ बिहान ७ देखि दिउँसो १ बजेसम्म एउटा सिफ्टमा पसल खोलिएको छ । अर्को सिफ्ट अर्थात् दिउँसो १ देखि बेलुका ८ बजेसम्म थापाथली र रामशाहपथको काउन्टर खुला रहने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?