National life

गगन थापा भन्छन्: 'बिचौलियाको प्रभाव प्रधानमन्त्रीको शयनकक्षसम्म'

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ वैशाख २०८२, मङ्गलबार
1KShares
गगन थापा भन्छन्: 'बिचौलियाको प्रभाव प्रधानमन्त्रीको शयनकक्षसम्म'
ncell

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिचौलियाहरूको प्रभाव प्रधानमन्त्रीको शयनकक्षसम्म पुगेको बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले निजी क्षेत्र र बिचौलियालाई फरक छुट्टाउनु पर्ने बताए। अहिलेको आर्थिक संकटको मुख्य कारण बिचौलियाहरू नै भएको उनको भनाइ थियो।

थापाले नेतृत्व तहसम्म बिचौलियाहरूको पहुँच रहेकोले अहिले समस्या थपिएको उल्लेख गरे।

Royal Enfield
nic asia capital
पहिले राष्ट्र बैंकको गभर्नर चयनको विषयमा विभिन्न व्यक्तिहरूबारे अनुमान र कौतुहलता हुने गरेको भए पनि अहिले भने खुला रूपमा बिचौलियाहरूका उम्मेदवार भनेर बहस हुने अवस्था आएको बताए।

उनले आफूहरू पोखरीको फोहोर सफा गर्न छिरेको भन्दै कहिलेकाहीँ बाहिरबाट फोहोर देखिए पनि आफूहरू सफा गर्ने प्रयोजनले मात्र त्यसमा संलग्न भएको स्पष्ट गरे। अहिलेको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएकाले सरकारको कामकाज सुधार गर्न आफू इच्छुक रहेको उनले बताए।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?