National life

गठबन्धन सरकार स्वार्थ समूहको सेवामा लाग्दा जनताको आक्रोश चरम स्तरमा पुग्यो : प्रचण्ड

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ वर्ष अगाडि|२६ भदौ २०८२, बिहिबार
1KShares
गठबन्धन सरकार स्वार्थ समूहको सेवामा लाग्दा जनताको आक्रोश चरम स्तरमा पुग्यो : प्रचण्ड
ncell

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकार स्वार्थ समूहहरूको सेवामा तल्लीन भएकै कारण जनताको आक्रोश चरम स्तरमा पुगेको बताएका छन्।

आज जारी गरेको विज्ञप्तिमा उनले कांग्रेस र एमालेले १४ महिनाअघि मध्यरातमा सुरु गरेको असंवैधानिक र अप्राकृतिक गठबन्धनको परिणति आजको संकटका रूपमा देखिएको टिप्पणी गरेका छन्।

उनले भने, “भ्रष्टाचारविरुद्ध सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा मेरो नेतृत्वको सरकारले चालेका कदमबाट अत्तालिएका स्वार्थ समूहहरूको सेवामा गठबन्धन सरकार तल्लीन भएकै कारण जनताको आक्रोश चरम रूप लियो।”

प्रचण्डले जेन जेड पुस्ताले भ्रष्टाचारविरुद्ध सुरु गरेको आन्दोलनलाई सरकारले दमन गर्दै नरसंहार मच्चाएको आरोप समेत लगाएका छन्।

Royal Enfield
nic asia capital
सामाजिक सञ्जाल प्रतिबन्ध र आन्दोलनमाथि गरेको क्रूर दमनले सरकारको चरित्र प्रस्ट भएको उनको दाबी छ।

केपी ओली नेतृत्वमा सरकार गठनपछिको विश्वासको मत लिने क्रममा आफूले संसद्मा चेतावनी दिए पनि सरकार सच्चिन नसकेको उनले स्मरण गराएका छन्। उनका अनुसार सदन र सार्वजनिक कार्यक्रममार्फत बारम्बार आग्रह गर्दा पनि कुशासनको शृङ्खला रोक्न नसकिएको र त्यसकै परिणामस्वरूप जनतामा वितृष्णा बढेको हो।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?