National life

सिद्धार्थ बैंक र आईएफसीबीच ४ करोड डलरको रिस्क सेयरिङ साझेदारी सम्झौता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१४ असोज २०८३, बुधबार
429Shares
सिद्धार्थ बैंक र आईएफसीबीच ४ करोड डलरको रिस्क सेयरिङ साझेदारी सम्झौता
ncell

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच स्मल लोन ग्यारेण्टी प्रोग्राम (एसएलजीपी) अन्तर्गत ४ करोड अमेरिकी डलर बराबरको रिस्क सेयरिङ्ग साझेदारी सुविधासम्बन्धी सम्झौता आदानप्रदान भएको छ ।

सिद्धार्थ बैंकले प्रवाह गर्ने लघु, साना तथा मझौला उद्यम (एमएसएमई) कर्जामा निहित जोखिमको ५० प्रतिशत हिस्सा आईएफसीले वहन गर्ने यस व्यवस्थाले देशभरका लघु, साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तार गर्ने सिद्धार्थ बैंकको क्षमतालाई थप सुदृढ बनाउनेबैंकको विश्वास रहेको छ । यो व्यवस्था नेपालमा आईएफसीको पहिलो जोखिम साझेदारी पहल हो।

“जोखिम साझेदारी सुविधाका लागि आईएफसीसँग भएको ४ करोड अमेरिकी डलरको यो साझेदारी बाट हाम्रो लघु, साना तथा मझौला उद्यम (एमएसएमई) कर्जा पोर्टफोलियो विस्तारको दिशामा एक महत्वपूर्ण कदम हुने विश्वास लिएका छौ ।

Royal Enfield
nic asia capital
साना व्यवसायीहरू चुनौतीपूर्ण आर्थिक परिस्थितिको सामना गरिरहेको यस कठिन समयमा यस सुविधाले देशभरका साना व्यवसायीहरूलाई कर्जा प्रवाह गर्ने हाम्रो क्षमतालाई थप सुदृढ बनाउने अपेक्षा रहेको छ । विवेकपूर्ण कर्जा मापदण्डलाई कायम राख्दै यस महत्वपूर्ण क्षेत्रमा कर्जा प्रवाह बढाएर उद्यमशीलतालाई प्रोत्साहन गर्ने, रोजगारी सिर्जना गर्ने तथा नेपालको समावेशी आर्थिक वृद्धिमा योगदान पु¥याउने बैंकको लक्ष्य रहेका” सिद्धार्थ बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले जानकारी गराउनु भयो ।

यस सम्झौताले सिद्धार्थ बैंक र आईएफसीबीचको लामो समयदेखिको सम्बन्धलाई थप सुदृढ बनाएको छ । सन्२०१४ मा सिद्धार्थ बैंक आईएफसीको ग्लोबल ट्रेड फाइनान्स प्रोग्राममा आबद्ध भए पश्चात् यसले बैंकलाई विश्वव्यापी करेस्पोन्डेन्ट बैंकहरूको सञ्जालसँग जोडिन थप सहज बनाएको थियो ।

तत्पश्चात सन्२०२३ मा सिद्धार्थ बैंकले आईएफसीबाट अमेरिकी डलर ५ करोड ५० लाख बराबरको सिन्डिकेटेड कर्जा सुविधा लिएको थियो, जुन नेपालको वित्तीय क्षेत्रमा IFC द्वारा प्रवाह भएको ठूलो र पहिलो विदेशी मुद्राको सिन्डिकेटेड कर्जा थियो ।

यसका अतिरिक्त, सिद्धार्थ बैंकले जोखिम व्यवस्थापन, लैङ्गिक वित्त, डिजिटल वित्त तथा जलवायु वित्तका क्षेत्रमा संस्थागत क्षमता अभिवृद्धि गर्न आईएफसीसँग परामर्श सेवामार्फत समेत साझेदारी गर्दै आएको छ र आउँदा दिनहरुमा समेत बैंकलेक्ष्ँऋ संगको सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
429SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?