National life

सिद्धार्थ बैंकको लाभांश घोषणा, सेयरधनीले पाउने बोनस र नगद कति ?

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित हुनुपर्नेछ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ दिन अगाडि|०१ असोज २०८३, बिहिबार
992Shares
सिद्धार्थ बैंकको लाभांश घोषणा, सेयरधनीले पाउने बोनस र नगद कति ?
ncell

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

बैंकले कायम चुक्तापुँजी १४ अर्ब ७९ करोड रुपैयाँको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

त्यस्तै, बैंकले अग्राधिकार सेयरधनीका लागि ८.२५ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित हुनुपर्नेछ। साधारण सभाबाट पारित भएपछि मात्रै उक्त लाभांश सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
992SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?