काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तमा ढिलाइ भएको भन्दै तत्काल नियुक्ति अगाडि बढाउन सरकारसँग माग गरेका छन् ।
सांसद रामहरि खतिवडाले संसदमा बोल्दै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति नहुँदा अर्थतन्त्रमा नकारात्मक असर परेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले गभर्नर नियुक्त सिफारिस समिति गठन हुँदा पनि अहिलेसम्म गभर्नर नियुक्त हुन नसकेकोले छिटो टुंग्याउन आग्रह गरेका छन्।
सांसद खतिवडाले भने,’बजेट अधिवेशनको समयमा मौद्रिक नीति र वित्तीय नीतिको मूल्याङ्कन गर्ने समयमा गभर्नर नियुक्ति नभएर अर्थतन्त्रमा परेको असर राम्ररी व्याख्या गर्न नसक्ने अवस्था रहेको छ ।
फरक प्रसंगमा बोल्दै खतिवडाले शिक्षकहरू कुनै एक दलका मात्र नभई सम्पूर्ण देशका साझा धरोहर भएको बताएका छन्। शिक्षकहरूलाई बानेश्वरको किनारमा जुलुस निकाल्ने, पानीको फोहरा खुवाउने र गीत गाउने कार्यक्रममै सीमित नराखी तुरुन्त विद्यालयमा फर्काउने वातावरण बनाउनुपर्ने उनले बताए।






























