National life

ग्लोबल आइएमई बैंकको खुद नाफा ६ अर्ब २० करोड ,वितरणयोग्य मुनाफा ९६१.५९ % ले वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ साउन २०८२, बुधबार
692Shares
ग्लोबल आइएमई बैंकको खुद नाफा ६ अर्ब २० करोड ,वितरणयोग्य मुनाफा ९६१.५९ % ले वृद्धि
ncell

काठमाडौँ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले खुद नाफा ६ अर्ब २० करोड रुपैयाँ कमाएको छ । बैंकको यो नाफा अघिल्लो आवको तुलनामा १.०९६ प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो आवमा बैंकले ६ अर्ब १३ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खु्द सञ्चालन आम्दानी १६ अर्ब ९७ करोड र सञ्चालन मुनाफा ८ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको निक्षेप संकलन १२.९५ प्रतिशतले बढेर ५ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । कर्जा प्रवाह पनि ११.४७ प्रतिशतले बढेर ४ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ४.८७ प्रतिशत पुगेको छ । अघिल्लो आवमा इम्पेयरमेन्ट चार्जका लागि ३ अर्ब ६१ करोड रुपैयाँ छुट्टाएको बैंकले समीक्षा अवधिमा भने ४ अर्ब ३० करोड रुपैयाँ छुट्टाएको छ ।

बैंकको वितरणयोग्य मुनाफामा उल्लेख्य सुधार आएको छ । बैंकले गत आवको चौथो त्रैमाससम्म वितरणयोग्य मुनाफा ५ अर्ब ३७ करोड रुपैयाँ पुर्याएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ९६१.५९ प्रतिशतले बढी हो । अघिल्लो आवमा भने बैंकको वितरणयोग्य मुनाफा ५० करोड ६७ लाख रुपैयाँ रहेको थियो ।

३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा २४ अर्ब २१ करोड लाख ५ हजार हजार रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १६.२८ रुपैयाँ छ । अघिल्लो वर्ष यस्तो आम्दानी १६.९९ रुपैयाँ थियो । बैंकको प्रतिसेयर नेटवर्थ १७७.६३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १५.९५ गुणा छ । बैंकको रिटर्न अन इक्विटी ९.६१ प्रतिशत रहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
692SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?