काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ४०.१९ प्रतिशतले धेरै हो । गत वर्ष यस संस्थाले १० करोड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी ४४ करोड ६१ लाखबाट बढेर ५३ करोड ७२ लाख रुपैयाँ पुगेको छ । यता, संस्थाले इम्पेयरमेन्ट चार्जमा ८ करोड ५८ लाख रुपैयाँ छुट्याएको छ । उक्त चार्ज गत वर्षको तुलनामा घटेको छ । त्यसैले नाफामा पनि सुधार देखिएको हो ।
६१ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोष तथा रिटेन्ड अर्निङमा ६२ अर्ब ९१ लाख रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी ३२.३९ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ २०१.६६ रुपैयाँ छ । एनपीएल ४.४८ प्रतिशतमा झरेको छ ।
































