National life

ग्लोबल मनी विक २०२४ को अवसरमा कामना सेवाको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ चैत २०८०, बुधबार
907Shares
ग्लोबल मनी विक २०२४ को अवसरमा कामना सेवाको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
ncell

काठमाडौं । विश्व वित्तीय सप्ताह (ग्लोबल मनी विक) को अवसरमा कामना सेवा विकास बैंकले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने अर्गनाईजेशन आफ इकोनोमिक को अपरेशन एण्ड डेभलपमेण्ट को संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । उक्त सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गरिरहेको छ ।

कामना सेवा विकास बैंकले गोलबजार नगरपालिका, सप्तरीका सरकारी कर्मचारीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकका मधेश प्रदेशको प्रमुख दिमश अमात्यको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गोलबजार नगरपालिकाका उपमेयर मान्ती शाह, नगरपालिकाका १३ वडा कार्यालयका अध्यक्ष प्रतिनिधिहरु, वडाध्यक्षहरु, विभिन्न पदाधिकारीहरु तथा सरकारी कर्मचारीहरुको उपस्थिती थियो । कार्यक्रममा बैंकको लहान शाखा प्रमुख प्रकाश घिमिरेले प्रस्तुतिकरण गरेका थिए ।

जनप्रतिनिधि तथा कर्मचारीहरुलाई बैंकङ्ग सुविधा, बचत, ऋण तथा विभिन्न किसिमका डिजिटल कारोवारको जानकारी होस् भन्ने हेतुले कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा गोलबजार नगरपालिकासँग सम्बन्धित ६० जना भन्दा बढी महानुभावहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा वोल्दै नगरपालिकाका उपमेयर शाहले बैंकहरुले यस्ता वित्तीय साक्षरता कार्यक्रम गर्नाले बचत, ऋण तथा बैंकिङ कारोवारको बारेमा थप जानकारी प्राप्त गर्न सकेकोले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

हाल बैंकले आफ्ना १ सय ३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा दिँदै आएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
907SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?