काठमाडौं । फागुन महिनाको अन्तिममा आएर वाणिज्य बैंकहरुले व्याजदर घटाएका छन् । उनीहरुले आउँने चैत महिनालाई लक्षित गर्दै मुद्दति निक्षेपको व्याजदर घटाएका हुन्।
प्रभु बैंक र ग्लोबल आईएमई बैंकले पुरानै व्याजदरमा स्थिरता देखाएको बेलामा एनआइसी एशिया बैंकले भने ब्याजदर बढाएको अवस्था छ । यी बैंकभन्दा बाहेकका अन्य बैंकहरुको व्याजदर घटेको अवस्था छ। बैंकले फिक्स डिपोजिटमा दिइरहेको उच्चतम व्याजदरको आँकडा प्रस्तुत गरिएको छ।
फिक्स डिपोजिटको व्याजदर घटेको बेलामा कर्जा तर्फको व्याजदर भने अझै चर्को रहेको बैंक, वित्तीय क्षेत्रमा चर्चा भइरहेको छ ।
हेर्नुस् कुन बैंकको उच्चतम व्याजदर कस्तो छ ?
































