काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज स्थानीय बजारमा सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको जानकारी दिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३०० र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ७५० रुपैयाँमा कायम भएको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यभने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कायम भएको छ ।


































