काठमाडौँ । आज पनि सुनको मूल्य स्थिर रहेको छ । लगातार ४ दिन देखि सुनको मूल्य स्थिर रहँदै आएको छ। माघ ७ गतेदेखि स्थिर रहेको सुन माघ १० गतेसम्म स्थिर रहेको हो ।
बुधबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ ।


































