काठमाडौं । चाबहिलको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट आगजनीबाट ध्वस्त भएको छ । सुपरमार्केटमा आज बिहानसम्म पनि आगो बलिरहेको छ ।
जनेजी प्रदर्शनको क्रममा एक समूहले मंगलबार दिउँसो भाटभटेनी सुपरमार्केटमा आगजनी गरेको थियो । त्यसभित्रका सामानहरु सबै जलेर नष्ट भएको छ ।
प्रदर्शनकारीले नक्शालको भाटभटेनी, चितवन, विराटनगर लगायतका क्षेत्रमा पनि आगजनी गरेका थिए ।































