National life

चुनाव राजनीतिक प्रतिस्पर्धा मात्र थिएन,परिवर्तनको अवसर थियो : कुलमान घिसिङ

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२६ फागुन २०८२, मङ्गलबार
990Shares
चुनाव राजनीतिक प्रतिस्पर्धा मात्र थिएन,परिवर्तनको अवसर थियो : कुलमान घिसिङ
ncell

काठमाडौँ । भ्रष्टाचार विरुद्ध र सुशासनको माग गर्दै उठेको जेनजी विद्रोहपछि नयाँ शक्तिको रूपमा उदाएको उज्यालो नेपाल पार्टीले हाल सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो अभियानमा समर्थन गर्ने सम्पूर्ण मतदाता, समर्थक र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेको छ।

पार्टीका प्रवक्ता कुलमान घिसिङले सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै भनेका छन् कि चुनाव केवल राजनीतिक प्रतिस्पर्धा मात्र थिएन, यो भ्रष्टाचार, अनियमितता र अकर्मण्यताविरुद्ध उठेको जनआवाजको परिणामस्वरूप आएको परिवर्तनको अवसर थियो। घिसिङल देशलाई नाराले नभई दृष्टिकोण, योजना र कार्यक्षमता भएका नेतृत्व आवश्यक रहेको उल्लेख गरेका छन्।

उज्यालो नेपाल पार्टीले विगतमा गरेको कामलाई उदाहरणको रूपमा पेश गर्दै लोडसेडिङ अन्त्य, विद्युत् विस्तार, मेलम्ची खानेपानी पुनः सञ्चालन, बाढी प्रभावित सडक पुनः सञ्चालन, तातोपानी नाका खुलाउने र अलपत्र परेका विकास आयोजना अघि बढाउने कार्य उल्लेख गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसै गरी, बुढी गण्डकी (१२०० मेगावाट), माथिल्लो अरुण (१०६३ मेगावाट) र किमाथांका अरुण (४५४ मेगावाट) जस्ता ठूला जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्न सकिने मोडालिटी तय गर्नु पार्टीका महत्त्वपूर्ण उपलब्धिहरू भएको दाबी गरेका छन् ।

घिसिङले पार्टीका नेताहरूले निर्वाचनमा मतमा हार प्राविधिक विषय मात्र भएको उल्लेख गर्दै, छोटो समयमै जनअभिमतमार्फत प्राप्त माया, विश्वास र सद्भावलाई ऊर्जा र मार्गदर्शनको रूपमा लिएको बताएका छन्।

उज्यालो नेपाल पार्टीले निर्वाचनमा भारी जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई शुभकामना व्यक्त गर्दै, देशमा सुशासन कायम गर्ने र आर्थिक समृद्धि हासिल गर्ने अभियानमा सफलता मिलोस् भन्ने कामना गरेको छ। साथै, सरकारले गर्ने राम्रा कामको समर्थन र गल्ती भएमा रचनात्मक रूपमा खबरदारी गर्ने प्रतिबद्धता पनि जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
990SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?