National life
cg eloctronics

चैत्र मसान्तसम्म गरिमा विकास बैंकको खुद नाफा ७३ करोड बढी, सञ्चालन नाफामा प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ वैशाख २०८२, सोमबार
1.4kShares
चैत्र मसान्तसम्म गरिमा विकास बैंकको खुद नाफा ७३ करोड बढी, सञ्चालन नाफामा प्रगति
muktinatha bikash bank

काठमाडौँ । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । जस अनुसार उक्त अवधिमा गरिमा विकास बैंकको खुद नाफा बढेको छ ।

यस अवधिमा बैंकलेको खुद नाफा ७.३२ प्रतिशतले बढेर ७३ करोड ३४ लाख रुपैयाँ पुगेको हो । गत वर्षको यस अवधिमा बैंकले ६८ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै,  बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ६.०४ प्रतिशत र ७.५२ प्रतिशतले बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

गत वर्ष २ अर्ब ५१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको यो वर्ष बढेर २ अर्ब ६६ करोड पुर्‍याएको छ । यस्तै, सञ्चालन नाफा पनि ९७ करोड रुपैयाँबाट बढाएर १ अर्ब ४ करोड रुपैयाँमा पुर्‍याएको छ । साथै, बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड रुपैयाँ र जगेडा कोषमा २ अर्ब ६८ करोड रुपैयाँ छ ।

everest bank

चैत मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ १८ पैसाले बढेर १७ रुपैयाँ २२ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ४७ पैसा छ । यसको खराब कर्जा २.९७ प्रतिशतबाट बढेर ४.७८ प्रतिशत भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?