काठमाडौँ। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन गरेको (एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन मौका रहेको छ ।
लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्कासन गरेको थियो। जसमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिने छ ।
लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
अघिल्लो दिनसम्म उक्त आइपीओमा १५ लाख ४ हजार ४५५ जना सर्वसाधारण आवेदकहरूले १ करोड ८९ लाख ३७ हजार १६० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले उल्लेख गरेको छ यो आवेदन मागभन्दा ९६.७३ गुणा बढी हो।
































