National life
cg eloctronics

जनेजी आन्दोलन: ७२ जनाको मृत्यु, १९१ घाइते , सरकारद्वारा राहत घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ भदौ २०८२, आइतबार
450Shares
जनेजी आन्दोलन: ७२ जनाको मृत्यु, १९१ घाइते , सरकारद्वारा राहत घोषणा
ncell

काठमाडौँ – मुख्यसचिव एकनारायण अर्यालले जनेजी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको निधन भएको जानकारी दिएका छन्।

सिंहदरबारमा आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण समारोहको क्रममा अर्यालले उक्त तथ्य सार्वजनिक गरेका हुन्। त्यसै क्रममा उनले १९१ जनाको उपचार भइरहेको जानकारी पनि दिएका छन्।

मुख्यसचिव अर्यालका अनुसार, “अहिलेसम्म प्रदर्शनकारीतर्फ ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मीतर्फ ३ जना करिब ७२ जनाले सहादत प्राप्त गर्नुभएको छ।”

सरकारले मृतकका परिवारलाई प्रति व्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेको निशुल्क उपचार सुनिश्चित गर्ने तयारी अघि बढाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
450SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?