National life
cg eloctronics

जापानमा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०७ वैशाख २०८३, सोमबार
2.2kShares
जापानमा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
muktinatha bikash bank

काठमाडौँ। सोमबार जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि जापान मौसम विज्ञान एजेन्सीले तीन मिटरसम्म अग्ला सुनामी छाल आउन सक्ने चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न निर्देशन दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

स्थानीय समय अनुसार साँझ ४ः५३ बजे (०७५३ जिएमटी) गएको भूकम्प इवाटे प्रान्तको प्रशान्त महासागर तटीय क्षेत्रमा केन्द्रित रहेको बताइएको छ। यसको धक्का सयौँ किलोमिटर टाढा टोकियोसम्म महसुस गरिएको थियो जहाँ धेरै ठूला भवनहरू हल्लिएका विवरण आएका छन्।

मौसम विज्ञान एजेन्सीका अनुसार प्रारम्भिक सुनामी छालहरू उत्तरी तटीय क्षेत्रमा छिट्टै आइपुग्न सक्ने जोखिम रहेको छ। यसका कारण तटीय तथा नदी किनारका बासिन्दालाई उच्च भूभाग वा सुरक्षित निकासी भवनहरूमा जान आग्रह गरिएको छ। एजेन्सीले सुनामी छालहरू बारम्बार आउन सक्ने सम्भावना औंल्याउँदै चेतावनी पूर्ण रूपमा नहटाइएसम्म सुरक्षित स्थान नछोड्न निर्देशन दिएको छ।

everest bank

यसैबीच, जापान सरकारको प्रधानमन्त्री कार्यालयले आपतकालीन अवस्था व्यवस्थापन गर्न सङ्कट व्यवस्थापन टोली गठन गरेको जनाएको छ। सम्बन्धित निकायहरूले अवस्थाको निरन्तर निगरानी गरिरहेको बताएका छन्।

प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित जापान विश्वकै सबैभन्दा भूकम्पीय जोखिमयुक्त देशमध्ये एक मानिन्छ। चार प्रमुख टेक्टोनिक प्लेटको सङ्गममा रहेको यस द्वीप राष्ट्रमा बारम्बार भूकम्प जाने गर्छ। करिब १२ करोड ५० लाख जनसङ्ख्या रहेको जापानमा वार्षिक औसत करिब एक हजार ५०० भूकम्पीय धक्का महसुस गरिन्छ जसले विश्वका कुल भूकम्पमध्ये करिब १८ प्रतिशत हिस्सा ओगट्छ।

यो समाचार शेयर गर्नुहोस्
2.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?