National life

जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क साउनमा ११ %ले बढ्यो, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० भदौ २०८१, बिहिबार
550Shares
जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क साउनमा ११ %ले बढ्यो, कुनको कति ?
ncell

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क ११ प्रतिशतले बृद्धि भएको छ । बीमा प्राधिकरणले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार साउनमा नेपाल लाइफको प्रथम बीमा शुल्क बढी देखिएको छ।

नेपाल लाइफले साउनमा ६४ करोड ६६ लाख बीमा शुल्क संकलन गरेको छ। जुन गत आवको यसै अवधिको तुलनामा १४.८३ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आवमा नेपाल लाइफले ५६ करोड ३१ लाख संकलन गरेको थियो। त्यस्तै दोस्रोमा नेशनल लाइफले साउनमा ४१ करोड ३४ लाख संकलन गरेको छ। जुन गत आवको साउनको भन्दा ६९.६९ प्रतिशतले बढी हो गत आवमा नेशनल लाइफले २४ करोड ३६ लाख मात्रै बीमा शुल्क आर्जन गरेको थियो।

तेस्रो स्थानमा साउनमा हिमालयन लाइफले २७ करोड ५३ लाख प्रथम बीमा शुल्क संकलन गरेको छ। जुन गत आवको भन्दा ३३.६२ प्रतिशतले बढी हो। गत आवमा यस कम्पनीले २० करोड ६० लाख बीमा शुल्क संकलन गरेको थियो।

त्यस्तै ,साउनमा एलआईसी नेपालले २० करोड २ लाख सकलन गरेको छ। जुन गत आवको भन्दा १९. १० प्रतिशतले बढी हो। गत आवमा यस कम्पनीले १६ करोड ८१ लाख संकलन गरेको थियो। त्यस्तै यस अवधिमा सुर्यज्योति लाइफको प्रथम बीमा शुल्क १९ करोड ६१ लाखरुपैयाँबाट बढेर १९ करोड ९१ लाख पुगेको छ ।जुन गत आवको भन्दा १.५४ प्रतिशतले बढी हो।

त्यस्तै, सिटिजन लाइफको प्रथम बीमा शुल्क १४ करोडबाट १९ करोड ४९ लाख पुगेको छ । जुन गत आवको भन्दा ३०.९२ प्रतिशतले बढी हो।

त्यस्तै, एशियन लाइफ १० करोड,मेट लाइफले १० करोड,रिलायबल नेपाल लाइफले आठ करोड ९६ लाख, आइएमई लाइफको आठ करोड ३२ लाख, सानिमा रिलायन्स सात करोड ९८ लाख, प्रभु महालक्ष्मी लाइफको सात करोड ७६ लाख, सन नेपाल लाइफको चार करोड ४९ लाख रुपैयाँ प्रथम बीमा शुल्क साउनमा संकलन गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
550SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?