National life

जीवन बीमा कोषमा बीमा कम्पनीको ७ खर्ब ३७ अर्ब संचित,१४ कम्पनी मध्ये कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० माघ २०८१, बुधबार
640Shares
जीवन बीमा कोषमा बीमा कम्पनीको ७ खर्ब ३७ अर्ब संचित,१४ कम्पनी मध्ये कुनको कति ?
ncell

काठमाडौँ। चालु आवको दोस्रो त्रैमास अवधिसम्ममा १४ जीवन बीमा कम्पनीमा जीवन बीमा कोष कूल सात खर्ब ३७ अर्ब रुपैयाँ देखिएको छ।

कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरण अनुसार कोषको आकार १८.३५ प्रतिशतले बढेको देखिएको छ। प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार चालु आवको पुष मसान्तसम्म जीवन बीमा कम्पनीहरूको जीवन बीमा कोषमा सात खर्ब ३७ अर्ब २४ करोड रुपैयाँ रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरूको कोषमा छ अर्ब २२ अर्ब ९२ करोड रुपैयाँ सञ्चिति रहेको थियो । कम्पनीको भविष्यमा हुन सक्ने जोखिम सुरक्षणका लागि बीमा कम्पनीहरूले जीवन बीमा कोष, जगेडा कोष छुट्टाएको हुन्छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार सबैभन्दा बढी बीमा कोषको आकार नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ। त्यस्तै, नेपाल लाइफले दुई खर्ब १७ अर्ब १४ करोड रुपैयाँ जीवन बीमा कोषमा संचित गरेको छ ।

त्यस्तै, एलआइसी नेपालले दोस्रो त्रैमाससम्म एक खर्ब २७ अर्ब २७ करोड रुपैयाँ संचित गरेको छ भने नेशनल लाइफले कोषमा ७७ अर्ब ९५ करोड रुपैयाँ संचित गरेको  तथ्यांकमा उल्लेख छ ।

समीक्षा अवधिमा हिमालयन लाइफ इन्स्योरेन्सको ७० अर्ब ४० करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीको ५८ अर्ब, एशियन लाइफ इन्स्योरेन्सको ४४ अर्ब ६८ करोड, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३७ अर्ब ७३ करोड रुपैयाँ, मेट लाइफको २७ अर्ब ३२ करोड रुपैयाँ जीवन बीमा कोषमा सञ्चिति रहेको छ ।

त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ११ अर्ब ८९ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ११ अर्ब ५३ करोड रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको १६ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।

साथै समीक्षा अवधिसम्ममा आइएमई लाइफ इन्स्योरेन्सको १० अर्ब ८७ करोड रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सको आठ अर्ब ९६ करोड रुपैयाँ र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १६ अर्ब ६० करोड रुपैयाँ जीवन बीमा कोषमा सञ्चिति गरेको तथ्यकामा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
640SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?