National life

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न ५९५ जना पक्राउ,२८३ जनाविरुद्ध मुद्दा दर्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|११ मंसिर २०८२, बिहिबार
888Shares
जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न ५९५ जना पक्राउ,२८३ जनाविरुद्ध मुद्दा दर्ता
ncell

काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा ५९५ जना पक्राउ परेका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार पक्राउ परेकामध्ये २८३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठकलाई गृहमन्त्री अर्यालले बिहीबार यस्तो जानकारी दिएका हुन् ।

२३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
खासगरी २४ भदौमा सरकारी, सार्वजनिक र निजी सम्पत्तिमा समेत तोडफोड र आगजनी भएको थियो ।

भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखेर भएको आन्दोलनका क्रममा तोडफोड र आगजनी गर्नेविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । सार्वजनिक भिडियो फुटेज लगायतका आधारमा प्रहरीले तोडफोड र आगजनीमा संलग्नलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दै मुद्दा दर्ता प्रक्रिया अगाडि बढाएको छ । यसक्रममा पक्राउ परेका ५९५ जनामध्ये २८३ जनाबिरुद्द मुद्दा दर्ता भएको हो । उनीहरूविरुद्ध के कस्तो कसुरमा मुद्दा दर्ता भएका छन् त्यो भने गृहमन्त्री अर्यालले खुलाएका छैनन् ।

यो समाचार शेयर गर्नुहोस्
888SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?