काठमाडौं । जेनजी युवाको आन्दोलनका कारण धितोपत्र बजार थप दुई दिनका लागि बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचना जारी गर्दै भदौ २५ र २६ गते सम्पूर्ण कारोबार स्थगन गर्ने निर्णय गरेको हो ।
नेप्सेका अनुसार, हालको अस्थिर परिस्थितिका बीच ब्रोकर कम्पनी र लगानीकर्ताले कारोबार स्थगन गर्न गरेको अनुरोधलाई ध्यानमा राख्दै सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) बमोजिम दुई दिनका लागि बजार बन्द गरिएको हो ।
यसअघि पनि आन्दोलनकै कारण नेप्सेमा कारोबारमा अवरोध पुगेको थियो ।
लगातार बन्द हुँदा धितोपत्र बजारमा अनिश्चितता बढ्दै गएको छ भने लगानीकर्ताहरू थप अन्योलमा परेको देखिन्छ । नेप्सेले भने, “लगानीकर्ताको हित र बजारको सुरक्षालाई प्राथमिकता दिँदै अस्थायी रूपमा कारोबार रोकिएको हो,” भनी स्पष्ट पारेको छ ।


































