National life
cg eloctronics

जेनजी आन्दोलनपछि बन्द शैक्षिक संस्था आजदेखि सञ्चालनमा, विद्यार्थीको अवस्था जाँच्न निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ भदौ २०८२, आइतबार
1.1kShares
जेनजी आन्दोलनपछि बन्द शैक्षिक संस्था आजदेखि सञ्चालनमा, विद्यार्थीको अवस्था जाँच्न निर्देशन
ncell

काठमाडौँ । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण बन्द रहेका शैक्षिक संस्था (आज) आइतबारदेखि क्रमशः खुल्ने भएका छन्। भौतिक क्षति नभएका विद्यालय तथा क्याम्पसमा नियमित पठनपाठन सुरु गर्ने तयारी भएको हो।

आधिकांश विद्यालयले बालबालिकाका अभिभावकलाई आजदेखि विद्यालय खुल्ने सूचना पठाएका छन्। तर आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडलगायत घटनाले काठमाडौं उपत्यका तथा सहरी क्षेत्रमा बालबालिका मानसिक त्रास कायमै रहेको देखिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

काठमाडौँ महानगरपालिकाले शिक्षक र विद्यालय व्यवस्थापनलाई विद्यार्थीको सुरक्षालाई प्राथमिकतामा राख्दै पठनपाठनका लागि आवश्यक तयारी गर्न आग्रह गरेको छ।

महानगरको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार पछिल्ला दिनमा सिर्जित असामान्य अवस्थाले रोकिएका कक्षाहरू सञ्चालन गर्न विद्यालयहरूलाई तयारी गर्न अनुरोध गरिएको हो।

यस्तै, विद्यालयमा कुनै भौतिक क्षति भएको छ कि छैन भन्ने एकिन गर्न, अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न र अवस्था पूर्ण रूपमा सामान्य नहुन्जेलसम्म बालबालिकालाई विद्यालय आउन–जानमा अभिभावकको सक्रिय भूमिका आवश्यक पर्ने महानगरपालिकाले जनाएको छ

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?