National life
cg eloctronics

जेनजी आन्दोलनमा घाइते दुईको उपचारका क्रममा मृत्यु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ भदौ २०८२, आइतबार
442Shares
जेनजी आन्दोलनमा घाइते दुईको उपचारका क्रममा मृत्यु
ncell

काठमाडौं । जेनजी आन्दोलनमा गम्भीर घाइते भएका थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ।

वीर अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा ती दुवै जनाको शुक्रबार राति र शनिबार निधन भएको न्युरो सर्जन डा. राजीव झाले जानकारी दिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘दुवैको टाउकोमा गोली लागेको थियो। भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो तर हामीले उहाँहरूलाई बचाउन सकेनौं,’ डा. झाले भने। मृतकको परिचय भने अझै खुलिसकेको छैन।

प्रहरी प्रशासनका अनुसार सोमबार र मंगलबारको आन्दोलनमा ५१ जनाको ज्यान गइसकेको छ।

यसैबीच, आगलागीका कारण मृत्यु भएका थप शवहरू भेटिन थालेका छन्। चाबहिल चुच्चेपाटीस्थित भाटभटेनीमा आज बिहान मात्रै ६ वटा शव फेला परेका छन्। शव पूरै जलेका कारण सनाखत हुन सकेको छैन।

मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
442SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

सम्बन्धित लेख
विशेष समाचार

छुटाउनुभयो कि ?