काठमाडौँ । महालक्ष्मी विकास बैंकले हालको विषम परिस्थितिमा भएका दुःखद घटनाबाट भएको जिउधनको क्षतिप्रति गहिरो मर्माहत व्यक्त गरेको छ। बैंकले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति धैर्य र साहस प्राप्त होस् भनी शुभकामना व्यक्त गरेको छ। साथै, उपचाररत सबै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि बैंकले गरेको छ।
बैंकले सरकारी, सार्वजनिक र निजी सम्पत्तिमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सुरु भइसकेको सरकार गठन प्रक्रिया चाँडै टुंगिने विश्वास व्यक्त गरेको छ। यसले मुलुकको असामान्य अवस्था सामान्य बनाउँदै शान्ति, सुशासन, निष्पक्ष व्यवसायिक वातावरण, आर्थिक स्थायीत्व र सुरक्षाको प्रत्याभूती गराउने अपेक्षा गरिएको छ।
बैंकको लेकसाइड, पोखरा शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएको र सो शाखाबाट दिइने सेवा नजिकका अन्य शाखाहरु मार्फत उपलब्ध हुने जानकारी पनि दिइएको छ। साथै, बैंकका अन्य १०२ शाखा पूर्ण रूपमा सेवा सञ्चालनमा रहेका छन् र बैंकका सम्पूर्ण डिजिटल सेवाहरु सुरक्षित छन्।






































