National life

जोखिमयुक्त बस्ती हटाएर स्थायी जग्गा व्यवस्थापन गर्ने सरकारको तयारी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१७ जेठ २०८३, आइतबार
970Shares
जोखिमयुक्त बस्ती हटाएर स्थायी जग्गा व्यवस्थापन गर्ने सरकारको तयारी
ncell

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोला किनारमा बसोबास गर्दै आएका सुकुमबासीहरूको व्यवस्थापन सरकारले क्रमशः अघि बढाइरहेको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले आफू स्थानीय सरकारमा हुँदा नै यो विषय संघीय सरकारसँग उठाइएको स्मरण गरे।

उनका अनुसार, जोखिमयुक्त स्थानमा रहेका बस्तीहरूबाट हटाइएका व्यक्तिहरूलाई अस्थायी रूपमा होल्डिङ क्षेत्रमा राखिएको र उनीहरूका लागि स्थायी जग्गा व्यवस्थापन गर्ने तयारी सरकारको रहेको छ। यसलाई आफ्नो नेतृत्वको सरकार तथा राष्ट्रिय स्वतन्त्र पार्टीको साझा दृष्टिकोणका रूपमा लिइएको उनले बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रधानमन्त्री शाहले सुकुमबासी व्यवस्थापनलाई काठमाडौँको प्राथमिकतामा राखिएको स्पष्ट पार्दै यो कदम जनताको ज्यान सुरक्षासँग सम्बन्धित भएको उल्लेख गरे। उनले जग्गा व्यवस्थापनका लागि तीन वटा मन्त्रालय सक्रिय रहेको जानकारी दिँदै प्रक्रिया पूरा हुन केही समय लाग्ने बताए।

साथै, उनले दीर्घकालीन समस्या समाधानका लागि धैर्य आवश्यक रहेको उल्लेख गर्दै छोटो समयमा दशकौँ पुराना समस्या समाधान गर्न नसकिने धारणा पनि राखे।

यो समाचार शेयर गर्नुहोस्
970SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?