काठमाडौं :चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ज्योति विकास बैंकको खुद नाफा बढेको छ । यसअवधिमा नाफा १९०.६७ प्रतिशतले बढेर १० करोड १० लाख रुपैयाँ कायम भएको छ ।
गत वर्षको सोही समय अवधिमा बैंकले ३ करोड ४७ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी सामान्य घटेको छ भने सञ्चाल नाफामा भने भारी मात्रामा बृद्धि भएको छ।
सञ्चालन नाफा बढ्दा बैंकको मुनाफा बढ्न टेवा पुगेको छ। बैंकको खुद ब्याज आम्दानी २.३६ प्रतिशतले घटेर १ अर्ब १२ करोड रुपैयाँमा झरेको छ। यता, बैंकको सञ्चालन नाफा भने १९६.७३ प्रतिशतले बढेर १४ करोड ७३ लाख रुपैयाँ कायम भएको छ।
पुस मसान्तसम्म आइपुग्दा ज्योतिको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेर ४ रुपैयाँ ६० पैसा (वार्षिक) कायम भएको छ। गत वर्ष प्रतिसेयर आम्दानी १ रुपैयाँ ६३ पैसा (वार्षिक) रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ०१ पैसा रहेको छ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ छ। यसको रिजर्भकोषमा १ अर्ब ६९ करोड रुपैयाँ छ ।

































