National life

झलनाथ खनालले औंल्याए नेपालका यस्ता ४ संकट

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|३० असोज २०८०, मङ्गलबार
625Shares
झलनाथ खनालले औंल्याए नेपालका यस्ता ४ संकट
ncell

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले दशैं, तिहार, छठ, नेपाल संवत्, ल्सोसार, उधौली लगायत चाडपर्वको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन् । खनालले मंगलबार भिडियो मार्फत शुभकामना सन्देश जारी गरेका हुन् ।

त्यस्तै, शुभकामा सन्देशमा उनले नेपालको अवस्थाको पनि चित्रण गरेका छन् । खनालले चार वटा संकट औंल्याएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले भनेका छन्, ‘हाम्रो देश यति बेला विभिन्न कारणले अनेक खालका संकटहरुबाट अगाडि बढिरहेको छ, राजनीतिक संकट, आर्थिक संकट, सामाजिक/सांस्कृतिक संकट, राष्ट्रियताको संकट सबै बढिरहेको छ ।'

उनले जुनसुकै अवस्थामा भए पनि चाडपर्व खुसियालीका पर्व भएकाले जस्तोसुकै अवस्थामा खुसी साटासाट गरेर मनाउनुपर्ने र यसैगरी समृद्धिको यात्रामा अगाडि बढ्नुपर्ने बताए । नेपालमा वर्तमानमा देखा परेका सबै समस्या, विकृति, विसंगतिहरु दलाल पूँजीवादी व्यवस्थाले सिर्जना गरेको उल्लेख गर्दै उनले समाजवादी समाज निर्माण गर्नका लागि प्रयत्न भइरहेको बताए ।

उनले भने, ‘एक दिन हामी एउटा सुन्दर, सभ्य, समृद्ध समाजवादी समाजमा पुग्नेछौं । र साँच्चै नै सबैको खुसियालीका निम्ति सम्पूर्ण पर्वहरु नयाँ ढंगले मनाउने छौं । तर, अहिले हामी जे अवस्थामा छौं त्यही अवस्थामा चाडपर्वहरु मनाउनुपर्ने आवश्यकता छ । म सबैलाई चाडपर्वहरुको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।’

यो समाचार शेयर गर्नुहोस्
625SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?