National life

ठुला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण गर्न पाँच अन्तर्राष्ट्रियसहित ६ कम्पनी सर्टलिस्टमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० फागुन २०८१, मङ्गलबार
508Shares
ठुला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण गर्न पाँच अन्तर्राष्ट्रियसहित ६ कम्पनी सर्टलिस्टमा
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले १० वटा ठुला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण ‘लोन पोर्टफोलियो रिभ्यू’ गर्न दोस्रो पटक लेखा परीक्षक कम्पनी ‘सर्टलिस्ट’ गरेको छ।

केन्द्रीय बैंकले यस अघि आर्थिक प्रस्तावमा असहमति जनाउँदै ठेक्का प्रक्रिया नै रद्द गरेको ुकेपीएमजीुलाई समेत समेटेर राष्ट्र बैंकले ६ स्वतन्त्र लेखा परीक्षक फर्महरू छनौट गरेको हो।

नेपालले लिएको विस्तारित कर्जा सुविधामा अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको बैंकहरूको अन्तर्राष्ट्रिय स्वतन्त्र लेखा परीक्षकमार्फत कर्जाको लेखा परीक्षण हुनुपर्ने सर्त राखेको थियो। उक्त सर्त कार्यान्वयनका लागि राष्ट्र बैंकले बैंकहरूको लोन फोर्टफोलियो स्वतन्त्र लेखा परीक्षकमार्फत गराउने प्रक्रिया गत वर्षबाट सुरु गरेको भए पनि आर्थिक प्रस्ताव नमिलेको भन्दै केपीएमजीसँग ठेक्का सम्झौता रोकिएको थियो ।

Royal Enfield
nic asia capital

राष्ट्र बैंक सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले सूचना जारी गर्दै नेपाल, श्रीलंका, बंगलादेशका एक÷एक वटा र भारतका ३ वटा गरी ६ वटा अडिट कम्पनी सर्टलिस्ट गरेको जानकारी दिएको हो।  दोस्रो पटक अडिट कम्पनी छनोट गर्दा राष्ट्र बैंकले पहिलो छनोट प्रक्रियामा अयोग्य भएका कम्पनीलाई पनि सर्टलिस्ट गरेको छ।

दोस्रो पटकको छनोट प्रक्रियामा श्रीलंका कोलम्बोको डेलोइट पार्टनर्स, बङ्गलादेश ढाकाको हौलादर युनुस एण्ड कम्पनी, भारत मुम्बाइको केपीएमजी एस्योरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस, भारत न्यू दिल्लीको  मेह्रा–जेकेउसएस–एसएसबीडीआई–जेभी, भारत गोरेगाँव, मुम्बईको एमएसकेए एन्ड एसोसिएट्स र नेपालको बीके अग्रवाल एन्ड कम्पनी, सब–कम्पनी रहेको भारत पश्चिम बंगालको एसआरबीए एन्ड बीके कम्पनी छनोट भएको हो।

गत वर्षमै पहिलो पटक १० ठुला बैंकहरुको लोन पोर्टफोलियो रिभ्यूका लागि आवेदन मागेर एक महिनापछि ५ वटा कम्पनीलाई सर्टलिस्ट गरिएको थियो।

यसमध्येमा विदेशी लेखा परीक्षकतर्फ नेदरल्यान्डको डेलोइट फाइनान्सियल एडभाइजर वीभी, भारतको  केपिएमजी एसुरेन्स एन्ड कल्सटेन्ट सर्भिस, पाकिस्तानको केपिएमजी तसिर हादी एन्ड थिए ।  त्यस्तै, स्वदेशी लेखापरीक्षकमा जेभी एसआरबीए एन्ड बिके अग्रवाल चार्टर्ड एकाउन्टेन्ड र जेभी सीएससी एन्ड प्राइस वाटर हाउस कपर प्राइभेट लिमिटेड छनोट भएका थिए। अहिले केपीएमजी र एसआरबीए एन्ड बिके अग्रवाल चार्टर्ड एकाउन्टेन्डसमेत सर्टलिस्टमा परेका छन्।

यो समाचार शेयर गर्नुहोस्
508SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?