National life

तारकेश्वर जनैपूर्णिमा मेलाको सम्पूर्ण तयारी पुरा, बिशेष झाँकी सहितको मेला लाग्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ भदौ २०८१, आइतबार
586Shares
तारकेश्वर जनैपूर्णिमा मेलाको सम्पूर्ण तयारी पुरा, बिशेष झाँकी सहितको मेला लाग्ने
ncell

काठमाडौं। तारकेश्वर महादेव मन्दिर जनैपूर्णिमा (ऋषि तर्पणी) मेलाको सम्पूर्ण तयारी पुरा भएको छ। तारकेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले जनैपूर्णिमा मेलालाई व्यवस्थित बनाउनका लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

तारकेश्वर मन्दिर दर्शन गर्न आउने भक्तजनहरुको लाइनको व्यवस्था, प्राथमिक स्वास्थ्य उपचार, पार्किङ लगायत सबै तयारी पुरा भइसकेको मन्दिर मूल व्यवस्थापन समितिका सचिव प्रकाश अर्यालले जानकारी दिएका छन्। ‘मेलालाई व्यवस्थित गर्नका लागि पार्किङ्ग स्थल देखि मन्दिर परिसरसम्म नै भक्तजनलाई सहज हुने हिसाबले यो पाली ट्राफिक व्यवस्थापनको समेत व्यवस्था गरिएको छ ।’ अर्यालले भने।

Royal Enfield
nic asia capital

भक्तजनहरूले करिब आधा घन्टा भित्रमै मन्दिरको दर्शन गरी सक्ने व्यवस्थापन समितिले तयारी गरेको अर्यालले जानकारी दिए। दर्शनार्थीलाई सहजिकरणका लागि लागी करिव ४० जना स्वयमसेवक परिचालन हुने समेत उनले बताए।

सांस्कृतिक तथा धार्मिक महत्व बोकेको जनै पूर्णिमालाई अझ अझ बिशेष बनाउनका लागि यो साल विशेष झाँकीको समेत व्यवस्था गरिएको सचिव अर्यालले जानकारी दिए।

पौराणिक तारकेश्वर मन्दिरको परिचय

बालाजु माछा पोखरीको नयाँ बसपार्कबाट करिब ८ कि.मि. दुरीमा उपत्यकाको उत्तर तर्फ रहेको पहाड र घना जङ्गलको बिचमा रहेको तारकेश्वर मन्दिर पौराणिक महत्वको हुँदा हुँदै पनि प्रचार प्रसारको कमीका कारण अझै पनि यो धार्मिक स्थलको बारेमा अधिकांश नेपालीहरू अनविज्ञ नै छन्। धार्मिक तथा पुरातात्त्विक हिसाबले तारकेश्वर मन्दिर जति महत्त्वपूर्ण छ प्राकृतिक सुन्दरताको दृष्टिले पनि कम छैन। यो पहाडको काखमा लुकेर बसेको तारकेश्वर क्षेत्रको पौराणिक धार्मिक महत्त्व त छँदै छ, यहाँको प्राकृतिक सुन्दरताले जो कोहीको मन सजिलै लोभ्याउन सक्छ । यो ठाउँमा पुगेर जो कोहिले पनि छुट्टै आनन्दको अनुभूति सँगाल्न सक्छ ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण यस स्थलबाट सजिलै काठमाडौँ उपत्यकालाई नजिकैबाट दृश्यावलोकन गर्न सकिन्छ। ऐतिहासिक पाँचमाने भञ्ज्याङ जितपुर फेदीबाट आर्मी ब्यारेक हुँदै पुग्न सकिने तारकेश्वर महादेव मन्दिर पहरामा रहेको छ ।

मन्दिर जाने बाटोमा झरना, गुफा, पोखरी, पाटी पनि रहेका छन्। तारकेश्वर मन्दिरमा नियमित पूजा आराधना गर्ने एक जना पुजारी रहेका छन्। साथै तारकेश्वर मन्दिर परिसरमा ध्यान साधना गरी बस्ने सन्त बाबा, कबिर पन्थी सम्प्रदायका साधुहरू ध्यान गरी बस्ने कुटी समेत रहेको छ । नववर्ष, साउन महिना,एकादशी,हरितालिका तिज,शिवरात्रि, जनै पूर्णिमा जस्ता तिथि वा चाडपर्वमा टाढा –टाढाबाट भक्तजनहरू यहाँ पूजा आराधना गर्ने र मेला भर्ने गर्दछन्। अन्य समयमा पनि यहाँ भक्तजनहरूको आगमन हुने गर्दछ।

तारकेश्वर महादेव मन्दिरको शिर भागमा अर्थात् तारकेश्वरबाट करिब १ घण्टा उकालो चढेर धौलेश्वर महादेवको शिवलिंगमा पुग्न सकिन्छ । जहाँबाट उपत्यकाको मनोरम दृश्य अवलोकन समेत गर्न सकिन्छ । यो स्थान आध्यात्मिक पर्यटन तथा प्रकृतिमा विचरण गर्न चाहने आन्तरिक र बाह्य पर्यटकको लागि एउटा अलौकिक गन्तव्य हो ।

नेपाली फौजले चिनिया फौजलाई काठमाडौँ उपत्यका पस्न नदिई हराएको स्थानको रूपमा समेत परिचित पाँचमाने भन्ज्याङको फेरि अर्को विशेष ऐतिहासिक महत्त्व रहेको छ । काठमाडौँको उत्तर–पश्चिमतिर अवस्थित पाँचमाने भञ्ज्याङबाट काठमाडौँ उपत्यका लगायत काभ्रे, सिन्धुली, धादिङ नुवाकोट जिल्लाका केही स्थानको सहजै दृश्यावलोकन सकिन्छ । यो भञ्ज्याङ पञ्चबुद्धसँग सम्बन्धित स्थान हो। यही ऐतिहासिक पाँचमानेमा “शिव पुराण विराट महायज्ञ’’ हुन लागेकाले समेत यसले ठुलो महत्व राखेको छ।

यो समाचार शेयर गर्नुहोस्
586SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?