काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार तेस्रो दिन समेत वृद्धि भएको छ ।
आइतबारको तुलनामा सोमबार १७ सय रुपैयाँले बढेको सुनको मूल्य आजसम्मकै उच्च बिन्दुमा प्रवेश गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो ।
आइतबार तोलामा २ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको थियो ।
यस्तै सोमबार चाँदीको मूल्य २ हजार ४७० रुपैयाँ पुगेको छ । आइतबार चाँदीको मूल्य २ हजार ४२५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।































