National life

तीन महिनाको छानबिनपछि कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२४ फागुन २०८२, आइतबार
1.3kShares
तीन महिनाको छानबिनपछि कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन
ncell

काठमाडौं। जेनजी आन्दोलनका क्रममा भएका विभिन्न घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ।

गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित छानबिन आयोगले आइतबार आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको हो। प्रतिवेदन बुझाउन आयोगका अध्यक्ष कार्की नेतृत्वको टोली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको थियो। आयोगले तयार पारेको विस्तृत प्रतिवेदन ठेलामा राखेर कार्यालय परिसरमा ल्याइएको दृश्यले प्रतिवेदनको परिमाण र अध्ययनको व्यापकतालाई स्पष्ट चित्रण गरेका हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारले भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको सत्यतथ्य पत्ता लगाउन तथा त्यसका कारण, प्रभाव र जिम्मेवारीका पक्षहरूको अध्ययन गर्न आयोग गठन गरेको थियो। आन्दोलनका क्रममा भएका प्रदर्शन, सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएका झडप तथा त्यससँग सम्बन्धित अन्य घटनाबारे तथ्यगत अध्ययन गर्न आयोगलाई जिम्मेवारी दिइएको थियो।

उक्त आयोग असोज ५ गते औपचारिक रूपमा गठन गरिएको थियो। आयोगलाई प्रारम्भमा तीन महिनाको समयसीमा तोकिएको थियो, जसअनुसार विभिन्न सरोकारवाला पक्षसँग छलफल, प्रमाण संकलन, घटनास्थल अध्ययन तथा सम्बन्धित निकायसँगको समन्वयमार्फत अनुसन्धान गरिएको बताइएको छ।

आयोगले तयार पारेको प्रतिवेदनमा आन्दोलनका क्रममा भएका घटनाको विस्तृत विवरण, त्यसका कारण र परिस्थितिको विश्लेषण, सम्बन्धित निकायहरूको भूमिकाको मूल्याङ्कन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक नीतिगत तथा प्रशासनिक सुधारसम्बन्धी सुझावहरू समेटिएको अपेक्षा गरिएको छ। अब सरकारलाई बुझाइएको उक्त प्रतिवेदन अध्ययनपछि सरकारले त्यसमा समेटिएका निष्कर्ष र सिफारिसका आधारमा आवश्यक निर्णय तथा कार्यान्वयन प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?