National life

तीव्र हावाहुरीको जोखिम, प्रतिघण्टा ११९ किलोमिटरसम्म पुग्न सक्ने, सतर्कता अपनाउन अनुरोध

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०६ चैत २०८२, शुक्रबार
1.5kShares
तीव्र हावाहुरीको जोखिम, प्रतिघण्टा ११९ किलोमिटरसम्म पुग्न सक्ने, सतर्कता अपनाउन अनुरोध
ncell

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न क्षेत्रमा शक्तिशाली हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ। यससँगै गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ।

मौसमविद्हरूका अनुसार विशेषगरी लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरूमा हावाहुरीको गति प्रतिघण्टा ११९ किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। आज दाङ र नेपालगञ्ज आसपासका तराई क्षेत्र प्रभावित हुनसक्ने छन् भने भोलि पूर्वी भागका विराटनगर, धरान र धनकुटा क्षेत्रतिर यसको प्रभाव देखिन सक्ने प्रक्षेपण गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रि–मनसुनको समय भएकाले यस्ता हावाहुरीले रुख ढल्ने, घरका छाना उडाउने, विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुने जस्ता जोखिम बढाउने बताइएको छ। साथै मानवीय क्षति हुने सम्भावना पनि नकार्न नसकिने उल्लेख गरिएको छ।

सरकारी सूचनामा नागरिकलाई अनावश्यक यात्रा नगर्न, हावाहुरी चल्दा सुरक्षित स्थानमा बस्न र घरका झ्यालढोका मजबुत रूपमा बन्द गर्न सुझाव दिइएको छ। सवारी साधन चलाइरहेका अवस्थामा रोकिएर सुरक्षित ठाउँमा बस्न र भीडभाडमा भागदौड नगर्न पनि सचेत गराइएको छ।

त्यसैगरी, कमजोर संरचना, रुख तथा बिजुलीका पोल वा तार नजिक नबस्न, झुन्डिएका तार नछुन र हावाहुरीका बेला विद्युतीय उपकरण प्रयोग नगर्न आग्रह गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?