National life

तुइनखोलामा पहिरो पन्छाउने तीव्र, रातिसम्म सञ्चालनमा आउने अनुमान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ असोज २०८२, बिहिबार
1.2kShares
तुइनखोलामा पहिरो पन्छाउने तीव्र, रातिसम्म सञ्चालनमा आउने अनुमान
ncell

काठमाडौं । मुग्लिन-नारायणघाट सडक खण्डको तुइनखोलानजिक खसेको ठूलो सुक्खा पहिरो हटाउने काम जारी छ। सडक डिभिजन भरतपुरका अनुसार बिहीबार बिहानैदेखि सुरु गरिएको काम दिउँसो साढे २ बजेसम्म आउँदा करिब ६० प्रतिशत पूरा भएको छ। बाँकी पहिरो हटाउन आज रातिसम्म लाग्न सक्ने अनुमान गरिएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकमा निरन्तर पहिरो खसिरहेका कारण दुईतर्फी आवागमन अवरुद्ध भएको हो।

Royal Enfield
nic asia capital
सडक डिभिजनका अनुसार पहिरो गएको स्थान साँघुरो भएकाले सबै मेसिनरी एकैपटक प्रयोग गर्न नसकिने अवस्था छ।

हाल नारायणघाटतर्फबाट एउटा एक्साभेटर र एउटा लोडर तथा मुग्लिनतर्फबाट दुईवटा लोडर र एउटा एक्साभेटर प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ। दुवैतर्फ ब्याक हो लोडर समेत तयारी अवस्थामा छन्। तर कार्यक्षेत्र साँघुरो भएकाले एकपटकमा बढीमा पाँचवटा उपकरण मात्र परिचालन गर्न सकिने जनाइएको छ।

सडक डिभिजन भरतपुरका अनुसार, नारायणघाटतर्फ ठूला ढुंगाहरु धेरै भएकाले काममा केही कठिनाइ भए पनि उपलब्ध उपकरणले पूर्ण क्षमताका साथ काम गरिरहेका छन्। पहिरोको थुप्रोमा ढुंगाको मात्रा बढी हुनुका साथै तिखा ढुंगाले टायर पंचर हुने र अपरेटर घाइते हुने जोखिम बढेकाले अपेक्षाअनुसार कामको प्रगति हुन नसकेको पनि जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?